सडक अवरुद्ध गर्न खोज्ने विप्लवका ८ कार्यकर्ता सुन्धाराबाट नियन्त्रणमा
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १८:२:३०
स्वइच्छा महर्जन
३० कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध भन्दै आज बजार तथा पुल बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्तालाई सुन्धाराबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आज बिहान सडकमा टायर बालेर प्रदर्शन र पसल बन्द गराउँदै हिँडेका विप्लवका ८ कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रवक्ता रमेशकुमार बस्नेतका अनुसार काठमाडौंको सुन्धारा क्षेत्रको सडक अवरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका ८ जनालाई जनसेवा प्रहरी वृत्तमा राखिएको प्रवक्ता बस्नेतले नेपाल बहस डटकमलाई जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ ।
सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्दकर्ताले सवारी आवागमनमा अवरोध पुऱ्याउन सकेका छैनन् ।
भिडियोमा पनि हेर्नुस बन्दको प्रभाव कस्तो छ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक
जेठ १०, २०८१ बिहिबार
बुद्ध जयन्तीका दिन बौद्ध स्तुपामा चहलपहल [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक [ फोटोफिचर ]
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
जेठ १२, २०८१ शनिबार
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा
जेठ १२, २०८१ शनिबार
हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै
जेठ १२, २०८१ शनिबार