एचआईभी संक्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १८:५०:१०
३० कार्तिक, चितवन । एचआईभी एड्स संक्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो ।
एचआईभी संक्रमित पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उहाँका अनुसार एचआईभी भएका महिलामा पाठेघरको मुखमा क्यान्सर हुनसक्ने देखिएकाले यो परीक्षण सुरु गरिएको हो । एड्स हेल्थ केयर फाउण्डेसनका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार नौ संक्रमित महिलाको निःशुल्क पाठेघरको क्यान्सरको परीक्षण गरिएको छ । गत महिनादेखि परीक्षण थालिएको हो । हालसम्म परीक्षण गरेका महिलामा क्यान्सरको कुनै समस्या देखिएको छैन । एचआईभी संक्रमितलाई क्यान्सर रोग देखिन थालेसँगै यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।
कार्यक्रम प्रमुख सापकोटाले भने,“क्यान्सर रोग देखिएमा थप उपचारका लागि सहयोग पुगोस् भनेर अस्पतालसँगको समन्वयमा यो सेवा सञ्चालनमा ल्याएका हौँ ।” सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो ।
जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ पहिचान भएका संक्रमितलाई निःशुल्क एआरटी औषधि सुरु गरिएको छ । अस्पतालको एआरटी क्लिनिकबाट एक हजार २९ जनाले नियमित निःशुल्क औषधि खाइरहेका छन् । तीमध्ये ४९५ पुरुष, ४९० महिला र ४४ बालबालिका छन् । उनका अनुसार कोभिड संक्रमण रोकथामका लागि लकडाउनको अवधिमा ४२८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको र १३३ जनालाई खाद्यान्न समेत सहयोग गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार