समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सीडीओको निर्देशन
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १९:८:७
प्रकाश पाक्साँवा
३० कार्तिक, तेह्रथुम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका हुन् । तोकिएको समय भित्र जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न नगरेमा कारबाही गरिने घिमिरेले चेतावनी दिए ।
पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत सबै निर्माण व्यवसायीहरूले तोकिएको समय भित्र तोकिएको गुणस्तर कायम गरि महिनाको दुई पटक प्रगति प्रतिवेदन पेस गर्न प्रजिअ घिमिरेले निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् ।
हरेक साता सडक अनुगमन गरिने भन्दै उनले काममा हेलचेक्रयाइँ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताएका हुन् । राजमार्ग निर्माणका क्रममा खानेपानीको पाइप, बिजुलीको पोल, तार व्यवस्थापन गर्न पनि सम्बन्धित् सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मध्यपहाडी राजमार्ग म्याङलुङ वसन्तपुर सडक अन्तर्गत श्रीदले खानेपानी उपभोक्ता समिति, म्याङलुङ खानेपानी उपभोक्ता समिति र तम्फुला खानेपानी उपभोक्ता समितिले उक्त सडकखण्डमा पर्ने आआफना समितिका खानेपानि पाइपहरू व्यवस्थापन गर्नुपर्ने समेत निर्णय भएको छ ।
छलफलमा सहभागी पुष्पलाल मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिषमान शाक्यले म्याङलुङ–वसन्तपुर सडकखण्ड आगामी चैत्र मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताए ।
सडकका अवरोधहरू हटे कामको गति बढ्ने कम्पनीका कन्ट्रयाक मेनेजर दिनेश श्रेष्ठले बताए । वसन्तपुर–म्याङलुङ खण्ड अन्र्तगत जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयबाट दुई अर्ब सात करोड रकम विनियोजन भएको छ ।
वसन्तपुर म्याङलुङ सडकखण्डको तीन खण्डमा विस्तारको काम भइरहेको छ । उक्त खण्ड अन्र्तगत पहिलो खण्डले कालोपत्रेका काम सुरु गरिसकेको छ भने दोस्रो र तेस्रो खण्डले अहिलेसम्म सडकको ट्रयाक खोल्ने कामसमेत गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आज यी ठाउँहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार