पेट्रोलपम्पहरु घना बस्तीभित्र : जनता त्रासमा, सरकार मौन !
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार १८:३८:२९
३ मंसिर, काठमाडौं । नेपालमा यातायातका साधन चलाउने मुख्य इन्धन पेट्रोलियम पदार्थ हो । यसको खपत अत्यधिक हुँदै आएको छ । पेट्रोलियम पदार्थका खानीहरु नेपालमा नभएका अर्थात् खोजी गरेर उत्खनन नभएकाले सबै प्रकारका पेट्रोलियम पदार्थ आयात गर्नुपर्छ । जसले गर्दा नेपालले वर्षेनी ठूलो धनराशि यसैको आयातमा खर्च गर्छ । पेट्रोेलियम पदार्थ आयात गर्नुपर्दा देशको व्यापार घाटा अत्यधिक बढ्दै गएको छ । यही पेट्रोेलियम पदार्थ नभई गाडी चल्दैन तर पेट्रोलियम पदार्थको व्यापार गर्नेहरुले लापरबाही गर्दा जनताको जिउधनको ठूलो क्षति हुने अवस्था जहिले पनि छ । शहरी क्षेत्रमा ग्यास नभई खाना नपाक्ने अवस्था छ । गाउँमा यसको उपयोग हुन थालेको छ । सम्बन्धित निकाय भने मौन छन् ।
देशैभरि तथा उपत्यकाभित्र सञ्चालन गरिएका पेट्रोल पम्पहरुले सरकारको मापदण्ड पूरा गरेका छैनन् । मापदण्डविपरीत सञ्चालन भइरहे सरकारी निकाय भने देखेको नदेख्यै गरिरहेका छन् । पेट्रोल पम्प व्यवसायीहरुले सरकारले बनाएको मापदण्ड किन पूरा गरेनन् ? यसको उत्तर कतै मिल्दैन, उही राजनीतिक संरक्षण नै मुख्य कारण देखिन्छ ।
पहिले देखि नै पेट्रोलियम पदार्थको व्यापार गर्नेहरुले मन्त्रालय, विभागका कर्मचारी तथा मन्त्रीलाई समेत आर्थिकरुपबाट प्रभाव पारेर आफ्नो व्यापार जथाभावी चलाउने गरेको विज्ञहरुले भन्दै आएका छन् । ग्यास उद्योगहरुको अवस्था पनि त्यस्तै छ ।
पहिलेदेखि नै सरकारले बनाएका ऐन कानुन पेट्रोलपम्प व्यवसायीहरुले पालना गरकै छैनन् । जुनसुकै सरकार आए पनि व्यवसायीले ऐन कानुन पालना गरेको देखिएको छैन । थोरै प्रयास भए पनि पेट्रोलपम्प व्यवसायी महासंघले कार्यान्वयनमा लान दिएको छैन ।
अहिले देशभरका अत्यन्तै अव्यवस्थित र खतरनाक अवस्थामा छन् । देशभर सञ्चालनमा रहेका जति पनि पेट्रोलपम्प छन् ती सबै कि सडक छेउमा छन् कि घना बस्तिको बीचमा छ् । सरकारले भने ठूलो एरियामा पेट्रोलपम्प सञ्चालन गर्ने मापदण्ड बनाएको छ । एउटा पेट्रोलपम्प
सञ्चालन गर्नका लागि ३ रोपनी जग्गाको मापदण्ड बनेको छ । बस्तिदेखि टाढा बनाउनुपने सरकारी प्रावधान छ । अहिले सञ्चालनमा रहेको प्रायजसो पेट्रोलपम्प ३ देखि ४ आनामा जग्गामा मात्र छन् ।
घनबस्ती र मानिसको बाक्लो चाप नभएको ठाँउमा पेट्रोलपम्प सञ्चालन गर्न दिने भनिए पनि अति थोरै जग्गामा पम्प खडा गर्ने र भर्ने ठाउँ सडक उपयोग गर्ने गरिँदै आएको छ । पेट्रोलपम्पमा पेट्रोलडिजेल भर्न जाने गाडीले सडक जाम गर्न पाउँदैनन् तर, अहिले भएका पेट्रोलपम्पका कम्पाउण्डभित्र दुईवटा गाडी पनि अट्न मुस्किल पर्छ ।
समयसमयमा सकारहरुले जनताको जिउधनको ख्याल गर्दै व्यवसाय गर्न मापदण्ड बनाउने, ऐन कानुन बनाउने गरेका छन् तर ती कानुन र मापदण्ड बनाउने सरकारले नै पालना गराउन चासो देखाउने गरेका छैनन् । अरु पछि आउने सरकारले पनि कुनै चासो दिएको देखिन्न । यस्तो अवस्थामा घना बस्तीभित्र सञ्चालन भएका पम्पमा आगलागी भएमा के होला ? धनजनको कति क्षेति होला अनुमान गर्न कठिन छ । सरकारले व्यवसायीलाई संरक्षण गर्नुपर्छ, व्यापार बढाउन सहयोग गर्नुपर्छ, निश्चित मापदण्डभित्र राखेर । कसैको लाभका लागि अरु सर्वसाधारणले दुःख पाउनु, क्षति व्योहोर्नपर्नु सुशासन होइन । यस्तो खतरापूर्ण अवस्थाबाट जनता मुक्त हुनैपर्छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले कदम चाल्ला कि अझै पनि संरक्षण गरिरहला ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार