‘एक जवान एक बिस्तारा’ प्रहरी सुत्न आरामदायी म्याट्रिक्स
नेपालबहस संवाददाता
मंसिर २, २०७८ बिहिबार १७:४६:१७
२ मंसिर, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीले जागिर खाएको १६ वर्ष लागेको छ । जागिर खाने बेलामा उनले किनेको बिस्तारा जहाँ सरुवा हुन्छ त्यही लग्दै आएकी थिइन । खत्री मात्र नभएर जिप्रकामा रहेका १७३ प्रहरी सरुवा सँगै बिस्तारा लैजाने बाध्यता रहेको थियो ।
बुधवार देखी भने यो बाध्यता अन्त्य भएको छ । कार्यालयले ‘एक जवान एक बिस्तारा’ कार्यक्रम ल्याए पछि सुत्नका लागि आरामदायी बिस्तारा पाएका छन् । जस अन्तर्गत हरेका प्रहरीको लागि १ थान म्याट्रिक्स खरिद गरिएको छ । बुधवार कार्यालयका जवान देखि सबै कर्मचारीलाई एक थान म्याट्रिक्स हस्तान्तरण गरिएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले म्याट्रिक्स हस्तान्तरण गरेका थिए । साना दर्जाका कर्मचारी खास गरी प्रहरी जवान तथा हवलदारलाई लाभान्वित हुने गरी म्याट्रिक्स खरिद गरिएको थियो । प्रहरी कार्यालयका समस्या कतै खाट हुँदैन, खाट भए पनि बिस्तारा राम्रो हुँदैन ।
जसका कारण सुरुमा खाटको व्यवस्था गरी बिस्तारा दिने योजना बनाएको कार्कीले बताए । म्याट्रिक्स पाए पछि चिसो मौसममा पनि प्रहरीहरू आरामदायी तरीकाले सुत्न सक्ने छन् । यो प्रकारका कार्यक्रम यस अगाडी जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय इटहरीका लागु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता धर्मराज भण्डारीले बताए । जिप्रका कास्कीमा कार्की र इप्रका इटहरीका भण्डारी प्रमुख हुँदा कार्यक्रम लागु भएको थियो ।
प्रहरी सरुवा हुँदा आफूले प्रयोग गरेका बिस्तारा बोकेर लैजानु पर्ने बाध्यता रहेको थियो । कार्यक्रम लागु भए पछि जिल्लामा आउने प्रहरीलाई सहज हुने भए पनि यहाँ बाट सरुवा भएर जाने प्रहरीले भने बिस्तारा बोक्नु पर्ने बाध्यता कायम रहेको छ । अन्य युनिटमा भने बजेट नभएको कारणले गर्न नसकिएको प्रहरी बताइएको छ । खरिद गरिएको म्याट्रिक्सको रकम कार्यालय भित्र च्यारीटी गरी उठाइने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार