पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि…
नेपालबहस संवाददाता
मंसिर ८, २०७८ बुधबार १८:५९:१८
८ मंसिर, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् ।
रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो ।
सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् ।
सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो ? उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास फेरिरहनु भएको छ ।,’ कुमारकी बुहारीले भनेकी छिन् ।
मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा. शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन ।
तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा. सिंह बताउँछन् ।
४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार