निर्जीवन बिमा कम्पनीहरुले पहिलो त्रैमास गरे १ बढि मुनाफा, कुनको कति ?
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार १९:२:३९
१० मंसिर, काठमाडौं । नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । १८ निर्जीवन बिमा कम्पनीहरुले १ अर्ब बढि मुनाफा गरेका छन् । यस अवधिमा अधिकांश कम्पनीको मुनाफा बढेको छ भने चार इन्स्योरेन्स कम्पनीको मुनाफामा गिरावट आएको छ ।
हेरौं कुन कम्पनीको अवस्था कस्तो ?
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै मुनाफा शिखर इन्स्योरेन्सले गरेको छ । शिखर इन्स्योरेन्सकोे पहिलो त्रैमासमा मुनाफा ९.२८५ ले बढेर १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । दोस्रो धेरै मुनाफा गर्नेमा प्रिमियर इन्स्योरेन्स र तेस्रोमा नेको इन्स्योरेन्स छ ।
शिखर इन्स्योरेन्सले १३ करोड ३६ लाख मुनाफा गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ८ करोड १५ लाख, नेको इन्स्योरेन्सले ७ करोड १९ लाख, प्रभु इन्स्योरेन्सले ६ करोड ५४ लाख, राष्ट्रिय बीमा कम्पनीले ६ करोड २० लाख, सगरमाथा इन्स्योरेन्सले ६ करोड १७ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड ९५ लाख, एलआईजी इन्स्योरेन्सले छ करोड ८२ लाख, सिद्धार्थ इन्स्योरेसले ५ करोड ४३ लाख, आईएमई जनरल इन्स्योरेन्सले ४ करोड ३५ लाख, लम्बिनी इन्स्योरेन्सले ४ करोड ३० लाख, जनरल इन्स्योरेन्सले ३ करोड ८३ लाख, प्रिडिन्सीएल इन्स्योसले ३ करोड ६५ लाख, एभरेष्ट इन्स्योरेन्सले ३ करोड ९ लाख, हिमालयन जनरल इन्स्योरेन्सले २ करोड ६९ लाख, सानिमा जनरल इन्स्योरेन्सले २ करोड ४३ लाख, युनाइटेड इन्स्योरेन्सले १ करोड १९ लाख र अजोड इन्स्योरेन्सले १ करोड १० लाख मुनाफा गरेको छ ।
गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षका अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको मुनाफा घटेको छ । अन्य १४ कम्पनीको मुनाफा बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार