सर्वोच्चमा सुरु भयो गोला प्रथा तर भएन सुनुवाइ
सरला बैजु
मंसिर १५, २०७८ बुधबार २०:१७:२६
१५ मंसिर, काठमाडौं। बुधबारबाट सुरु भएको गोला प्रथाको पहिलो दिन नै सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योलता छाएको भन्दै विरोध जनाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो ।
कानुन व्यवसायीले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको जनाएका थिए । बुधबार प्रधानन्यायाधीशको अनुपस्थितीमा अर्को प्रधानन्यायाधीश नभएको भन्दै विरोध जनाएका हुन् ।
कानुन व्यवसायीले यो विषय निराकरण नगरी मुद्दाको सुनुवाइ गर्न नहुने भनेपछि सुनुवाइ प्रभावित भएको हो ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा अन्योल भएकाले यो अन्योल नसिद्धिएसम्म सुनुवाइ गर्न नहुने बताए ।
संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ ।
तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । उनी अस्पतालमा उपचाररत रहेको विषयमा सर्वोच्च अदालतमा आधिकारिक जानकारी गराएका छैनन् ।
न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि नेपाल बारका अध्यक्ष श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले इजलासमा प्रवेश गरी प्रधानन्यायाधीशको अन्योलताको विषयमा बोलेका थिए ।
पहिलो दिन दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ । गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका थिए ।
न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभई पुरानो फैसलामा भएको त्रुटीको संशोधनका लागि हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । अर्का न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।
त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।प्रकाशमानसिंह राउत र हरि फुयालको अर्को इजलास गठन भएको छ । अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार