हेली रेस्क्यूमा नर्भिक आक्रामक बन्दै
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार १९:२२:५६
१६ मंसिर, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा आक्रामक बनेको छ । विशेषज्ञ चिकित्सकहरुसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्दार(रेस्क्यू)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको हो ।
गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाईमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।
नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । ‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ ।
यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं ।’ उनले भने–‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौं । यो सेवालाई अझ आक्रामक रुपमा बिस्तार गर्दै लगिनेछ ।’
कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरुलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार