कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार २१:५६:२१
सिबी अधिकारी
१६ मंसिर, काठमाडौं । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बङ्गलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महिनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।
बाह्य पर्यटक आगमनको पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ ।
पर्यटक आगमन बढेको भए पनि सङ्ख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए। उनले भने, “पर्यटनले लय समातेको देखिन्छ तर सङ्ख्यात्मक रुपम कम नै हो । यस अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।”
सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक आगमनको औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महिनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।
यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको सङ्ख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्यधिक सङ्ख्यामा पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्याङ्क छ ।
यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित
मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनःकोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ ।
विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् ।नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ का अध्यक्ष अच्युत गुरागाईले विश्वव्यापी रुपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताए ।
उनले हल्ला अनुसार कस्तो प्रभाव हुन्छ अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिए । अहिले पनि जापान हिँडेका ११ नागरिक मलेसियामा गएर अड्किएको भन्दै उनले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमै सही सूचना प्रर्वाह गर्नुपर्नेमा जोड दिए ।
“ओमिक्रोन भेरियन्टको हल्ला विश्वभरी छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर अन्तर्राष्ट्रिय उडान भने रोक्न हुदैन”, उनले भने । हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् ।
बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बर महिनामा पर्यटक आगमन घट्ने होकि भन्ने चिन्ता बढेको बताए ।उनले नयाँ भेरियन्ट डेल्टाभन्दा बढी संक्रमण हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहेपनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको उनको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार