पूर्वाग्रहका कारण ख्वप विश्वविद्यालय अनुमति पाएन ः अध्यक्ष बिजुक्छेँ
सरला बैजु
मंसिर १६, २०७८ शुक्रबार १:१३:५६
१६ मंसिर, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको बताएका छन् ।
भक्तपुर नगरपालिका–७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विगत १० वर्ष अगाडिदेखि भौतिक संरचना र अरु सबै प्रावधान पूरा गरेर स्वीकृति माग गर्दा पनि सत्तामा रहेका दलहरूले पूर्वाग्रह राखेर ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएको उनले बताए ।
बिजुक्छेँले जनताको सहयोगबाट निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे चर्चा गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गरे । छिपा ताँसँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि गुणस्तरीय ढंगले उपभोक्ता समितिमार्फत गरिरहेकामा उपभोक्ता समिति खारेज गर्ने सरकारको निर्णय निर्माण व्यवसायी पोस्ने र जनताको भावनाविपरीत भएको आरोप लगाए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण हुने बताए ।
स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदा ठूल्ठूला भूकम्पबाट पनि जोगिएको भन्दै उनले अहिले भएका निर्माण पनि वर्षाैँवर्ष टिक्ने गरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार