पाथीभरामा तीर्थयात्री बढ्दै
सरला बैजु
मंसिर १७, २०७८ शुक्रबार १७:३२:५१
१७ मंसिर, ताप्लेजुङ । कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौंबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ।
धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए । बिहानबिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हुदैँ गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए ।
सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । धरानबाट ३२ हजारमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक श्रेष्ठले बताए । यस वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एण्ड टुरले जनाएको छ । यात्रुका हिसाबले एकपटकमा पॉच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार आम्दानी गर्ने गरेका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १० हजार, पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बूले बताए । काठमाडौंबाट सिधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । “हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्यांक राख्ने गरेका छौँ, हेलिकोप्टरबाट आउनेको छैन”, काफ्लेले भने ।
दसैँको नौरथा सुरु भएको असोज २१ देखि मंसिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक समितिसँग छ ।
पाथीभरामा तीर्थयात्रीले चढाएको रु आठ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा ९सरकारद्वारा गठित समिति० चालु आव २०७८ को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिमा ९समुदायस्तरमा गठित समिति० तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल आठ करोड भेटी संकलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार