स्याङ्जामा भैँसी जोन कार्यक्रम
सरला बैजु
मंसिर १७, २०७८ शुक्रबार १७:४७:१
१७ मंसिर, स्याङ्जा । स्याङ्जाका तीन पालिकामा भैँसी व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
जोनअन्तर्गत वालिङ नगरपालिकाका १४ वटा वडा, गल्याङ नगरपालिकाका छवटा र भिरकोट नगरपालिकाका छ गरी कूल २६ वडामा यो कार्यक्रम संचालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । वालिङ नगरपालिकाका–१ देखि १४ वटै वडा, गल्याङ नगरपालिकाका १, २, ८, ९, १०, ११ र भिरकोट नगरपालिकाका १, २, ४, ५, ६, ७ नं वडामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।
समग्रमा कृषि मूल्य शृङ्खलाका अवयवहरूको एकीकृत संयोजन र परिचालनमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसर सिर्जना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने परियोजनाको लक्ष्य रहेको प्रमुख लम्सालले बताए ।
उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवंं व्यवसायीकरण प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरूको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशीला तयार गर्ने, जोन तथा आसपासका क्षेत्रमा रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्य छ ।
गत वर्ष फागुनमा नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडले भैँसी जोन कार्यक्रम माग गरेकामा प्राविधिक कार्यदलले वालिङ, गल्याङ र भिरकोट नगरपालिकाको फिल्ड अनुगमन गरी अध्ययन एवं प्राविधिक प्रतिवदेन पेश गरेको प्रमुख लम्सालले बताए ।
प्रमुख लम्सालका अनुसार जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकबाट प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिमा अनुमोदन एवं सिफारिसका लागि पेश गर्ने निर्णय गरेको थियो । परियोजना निर्देशक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालन हुने गरी भैँसी जोन कार्यक्रम स्वीकृत गरेको थियो ।
जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकबाट प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिमा अनुमोदन एवं सिफारिसका लागि पेश गरी उक्त समितिले निर्धारित क्षेत्रको स्वीकृतिका लागि गत भदौमा अनुमोदन एवं सिफारिस गरेको थियो ।
भैँसी जोन कार्यक्रमअन्तर्गत चालु आवमा चिलिङ भ्याट, मिल्क एनालाइजर, डिप फ्रिज, होमोनाइजर, चिलिङ हिटरसहितको दूध संकलन केन्द्र स्थापना सहयोग गर्ने, दूध संकलन तथा ढुवानीका लागि गाडी खरिद, आधुनिक गोठ निर्माण सहयोग गर्ने, गोठ सुधार सहयोग गर्ने, बालीवस्तु विशेष स्थलगत तालिम सञ्चालन गर्ने, जिल्लास्तरमा व्यावसायिक भैँसीपालन तालिम, घाँस उत्पादन कार्यक्रम, कृत्रिम गर्भाधान, पशुरोग व्यवस्थापन, भ्याक्सिन तथा उपचार सहयोग, पशु नश्ल सुधारका लागि भैँसी खरिद सहयोग कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख लम्सालले जानकारी दिए । पूण्यप्रसाद अर्यालको संयोजकत्वमा नौ सदस्यीय भैँसी जोन सञ्चालन समन्वय समितिसमेत गठन गरिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार