बालविवाह न्यूनीकरणका लागि मतदान
सरला बैजु
मंसिर १७, २०७८ शुक्रबार १८:३:३१
१७ मंसिर, दार्चुला। दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।
मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक सहजकर्ता वसन्ती धामीले बताईन् ।
गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो । मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसअनुसार बालविवाह गर्नु ठिक हो भन्ने पक्षमा २९ र विपक्षमा २२५ मत तथा बदर एक मत खसेको सहजकर्ता धामीले बताईन् ।
बुधबार मात्र मालिकार्जुन गाउँपालिका–२ र वडा नं ७ मा बालविवाह गर्नु ठिक कि बेठिक भनेर मतदान भएको थियो । मालिकार्जुन गाउँपालिकाले विसं २०७६ मा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरेको छ । सोहीअनुसार गाउँपालिकामा अहिले गुड नेवर्सको सहयोगमा बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।
एक अध्ययनअनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ । बालविवाहमा परेकामध्ये ५८ दशमलव ७८ प्रतिशत मागी विवाह, १५ दशमलव नौ प्रतिशत भागी विवाह र २५ दशमलव चार प्रतिशत प्रेम विवाह रहेको तथ्यांकमा उल्लेख गरिएको छ । बालविवाहका कारण विद्यार्थीको बीचैमा पढाइ छुट्ने गरेको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार