कांग्रेस बागमती प्रदेशको मतदान सुरु
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ०:१८:४२
१८ मंसिर, मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा मतदान सुरु भएको हो ।
निर्धारित समयभन्दा ६ घण्टा ढिलो गरी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । निर्वाचनको कार्यतालिका अनुरूप बिहान १० बजेबाट हुनुपर्नेमा मतदान अन्तिम उम्मेदवारी नामावली र मतपत्र छपाइमा ढिला हुँदा मतदान निर्धारित समयभन्दा ढिला गरी सुरु भएको हो । सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गरेका थिए ।
त्यस्तै सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान पनि मतदानस्थलमा पुगेर मतदान गरेका थिए।
निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार रातिको १० बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीको उम्मेदवारी परेको छ । उनीहरूको प्यानल घोषणा सँगै चुनावी मैदानमा रहेका छन् । मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौंंका लागि तीन र अन्य जिल्लाका लागि एक-एक मतदान केन्द्र स्थापना गरिएको हो ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरूमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेशसभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेसीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसङ्ख्यक वा अपाङ्गतामध्येबाट १ जना गरी ९१ जनाको प्रदेश समिति निर्वाचित गर्नेछ । बागमती प्रदेशमा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ सय २४५ जना, प्रदेश प्रतिनिधि ८६७ जना र केन्द्रीय सदस्य १६ जना गरी दुई हजार १३७ जना मतदाता रहेका छन् ।
मतदानस्थल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाउँदै छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार