प्रधानन्यायधीशले मात्रै राजीनामा दिएर न्याय प्रणालीमा सुधार हुन्छ र ?
सरला बैजु
मंसिर १९, २०७८ सोमबार १:१७:३०
१९ मंसिर, काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए ।
आईतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यत्ता औंल्याए । उनले भने,‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ । यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन ।’
उनले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराए । उनले भने,‘अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । त्यो माग हामीले गरिसकेका छौं । जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् ।’
महासेठले वर्तमान सरकारले कोभिडविरुद्धको खोपको व्यवस्थापन पनि गर्न नसकेको र त्यो त एमालेको नेतृत्वको सरकारले गरेको दाबी गरे । उनले थपे, ‘अब यो सरकार जानुपर्छ, सत्ताभन्दा बाहिर जानुपर्यो । सरकारलाई फाल्नको लागि दुईवटामात्रै विकल्प छ, या त अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्यो, वा होईन भने निर्वाचनमा जानुपर्छ ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिए । महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गरेको आन्दोलन गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गरे ।
उनले अहिले देशमा न्याय सेवा पनि प्रभावित भएको र यसको कारण वर्तमान सरकार नै भएको पनि दाबी गरे । उनले भने,‘न्यायसेवा अवरुद्ध भएको छ, यो सरकारको कारणले हो । अपवित्र गठबन्धनले कसरी न्याय प्रणालीले प्रयोग गरेको हो ? भन्ने कुरा छर्लङ भएको छ । सारा नेपालीले बुझेका छन् कि षड्यन्त्र गरेर ओलीको सरकारलाई हटाएको कुरा बुझिसकेका छन् ।’
सरकारले एमसीसीको एजेण्डा संसद्मा ल्याएपछि मात्रै आफ्नो पार्टीले आधिकारिक धारणा बनाउने सुनाए । उनले भने,‘पहिले सरकारले एमसीसी एजेण्डा ल्याओस, त्यसपछि मात्रै हामीले आफ्नो प्रतिक्रिया दिन्छौं ।’
महासेठले आफूहरुले भर्खरै हाीले १०औं राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र यो ऐतिहासिक रुपमा सम्पन्न भएको बताए ।
उनले एमाले विभाजन हुने सम्भावना नरहेको पनि दाबी गरे । उनले भने,‘अब एमाले विभाजन होला भन्ने सम्भावना छैन् । एमाले एकताबद्ध रुपमा अघि बढिरहेको छ । पराजित भएका साथीहरु पनि पार्टी बलियो बनाउन लाग्नुभएको छ । अब पार्टी विभाजनको त टाढा–टाढा पनि त्यस्तो सम्भावना छैन ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार