प्रेस सेन्टरको १८४ सदस्यीय कार्यसमिति घोषणा, अध्यक्ष पदमा विष्णुप्रसाद सापकोटा
सरला बैजु
मंसिर १९, २०७८ सोमबार १:५५:३
१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सकिएको छ ।
चितवनमा शनिबार र आइतबार भएको महाधिवेशनले ८ मनोनीत सहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो।
तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ भने चौथो राष्ट्रिय अधिवेशनबाट अध्यक्ष पदमा विष्णुप्रसाद सापकोटा ‘जुगल’ निर्वाचित भएका छन् ।।
बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको छ । १८४ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले १८४ जनाको पहिलो बैठकले नै पदाधिकारी चयन गर्ने बताए । केन्द्रीय सदस्यमा खाली रहेका ठाउँमा पनि पछि नै सदस्यहरु थपिने उनले बताए ।
सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । नयाँ कार्यसमितिको आजै बस्ने बैठकले पदाधिकारीको टुङ्गो लाग्ने जनाइएको छ । बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ । सेन्टरका निवर्तमान कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार १८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गर्दै दलहरुलाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरिएको छ । मिडिया सम्बन्धी पुराना कानून खारेज गरी नयाँ कानून बनाउन, साना लगानी संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न बुँदा समेटिएको छ ।
यसैगरी दललाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, साना लगानीको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत समेटिएको उनले जानकारी दिए ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए । यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो । महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८ सय प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ । महाधिवेशनको बन्दसत्रमा विधान संसोधनसमेत गरिएको अधिकारीले जानकारी दिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार