हड्डी तथा छालाको चोरी शिकारी नै बाघ संरक्षणको चुनौती : मन्त्री यादव
सरला बैजु
मंसिर १९, २०७८ सोमबार २:५६:११
१९ मंसिर, चितवन । वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी नै बाघ संरक्षणको चुनौती भएको बताएका छन् ।
राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को उद्घाटन गर्दै उनले बाघको संरक्षणमा सबै लागीपर्नुपर्ने बताए । विशेष गरी हाल बाघको बासस्थानमा संकुचन भईरहेको बताए । त्यस्तै उनले जंगल विनासले आहारा कमि आउनुको साथै हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको बताए ।
मन्त्री यादवले हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी र अन्तरदेशीय व्यापार बाघ संरक्षण चुनौतीको विषय बनेको बताए । बाघको मुख्य बासस्थानमा निर्माण हुने सडक, रेल मार्गलगायत भौतिक पूर्वाधार निर्माण जस्ता कार्यले बाघ संरक्षणमा चुनौती थपिएको उनको भनाइ थियो । सरकारले बाघ संरक्षणलाई विशेष प्रथामिकता दिएको भन्दै उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको बताए ।
मन्त्री यादवले बासस्थानको संरक्षण मुख्य कुरा रहेको भन्दै विगत एक सय वर्षमा बाघको ९० प्रतिशत बासस्थान मासिएको बताए । बाघले नेपालका मुख्य पर्यापर्यटन अभिवृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै उनले बाघको संरक्षण गरी समुदायमा सहयोग पुर्याउनुपर्ने सुझाव दिए ।
मानव–बाघबीचको द्वन्द्ध व्यवस्थापन गर्न अन्य निकायसँग सहकार्य गर्न मन्त्री यादवले विभागलाई निर्देशन दिए । बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए ।
सो अवसरमा प्रमुख अतिथि मन्त्री यादवले बाघको तस्बिर लिनका लागि दुई ठाउँमा जडान गरिएको स्वचालित क्यामेरा सञ्चालन गरेर विधिवत् रुपमा गणना सुरु भएको घोषणा गरे ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले बाघको संख्या बढेको अनुमान गरिएको बताए । विज्ञको भनाइ र अनुमानलाई हेर्दा बाघको संख्या २५० नाघ्ने उनको अनुमान थियो । पछिल्ला वर्षमा बाघको बासस्थान विस्तार गरिएको भन्दै उनले बाँके निकुञ्जको स्थापना र पर्सा निकुञ्जमा क्षेत्र विस्तार गरिएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले ऐन कानून कार्यान्वयन गर्न नसक्दा वन्यजन्तु संरक्षणमा चुनौती खडा हुने गरेको बताए ।
नेपालका बाघ पाइने पाँच राष्ट्रिय निकुञ्जमा एकै साथ गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्भेक्षणको सुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहाबाट गरिएको हो ।
नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ । ती क्षेत्रमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक वेदकुमार ढकालका अनुसार यही मंसिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्भेक्षण गरिँदै छ । यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्भेक्षण गरिँदै छ ।
ढकालका अनुसार बाघ गणना सम्पन्न गर्न करिब चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए । उनीहरुको प्रतिव्यक्ति १० लाखको बीमा गरिएको छ, भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् ।
चितवनमा १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजदेखि गणना थालेका छन् । क्यामेरा ट्र्यापिङ विधिबाट बाघ सर्भेक्षण गरिने छ ।
चितवनमा मात्र ३६० जोडी क्यामेरा जडान गरिने छ । देशभर यो संख्या नौ सय को हाराहारी हुनेछ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइनेछ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । बाघ वरिपरी आएमा क्यामेराले तस्बिर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।
तस्बिर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्यांक सार्वजनिक गरिने योजना छ । सन् २००९ देखि राष्ट्रिय रुपमानै बाघको सर्वेक्षण सुरुवात गरिएको थियो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार