गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १७:४३:९
२१ मंसिर, कर्णाली । छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरूलाई एकदिने निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरको निर्देशनमा प्रहरी निरीक्षक डा. शत्रुघन बहारदार नेतृत्वको मेडिकल युनिटको टोली औषधि सामग्रीसहित विकट जिल्ला मुगुमा पुगेर निःशुल्क स्वास्थ्य जाँच गरेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । यही कात्तिक २९ गतेको भीषण आगलागीपीडित भएका २१ घरपरिवारका ८० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
अग्निपीडित, सर्वसाधारण र प्रहरी कर्मचारीका परिवार गरेर २६९ जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रहरी निरीक्षक डा. शत्रुघन बहरदारले जानकारी दिए । विकट जिल्लाका भूपू, अशक्त र बहालवाला प्रहरी कर्मचारीका परिवार, अग्निपीडित सर्वसाधारणलगायतलाई प्रत्यक्षरूपमा निःशुल्क स्वास्थ्य जाँच गर्ने र औषधि दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रहरी निरीक्षक डा. बहरदारले बताए ।
“शिविरमा श्वासप्रश्वास, हाडजोर्नी तथा मांसपेशी, पाठेघर, छाला तथा खानपिनबाट लाग्ने रोगको बिरामी भेटिए”, उनले भने, “हामीले स्वास्थ्य जाँचसहित उनीहरूलाई निःशुल्क औषधि वितरण गरेका छौँ ।” उनका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट १४७ महिला, १०१ पुरुष र २१ जना भूपू, असक्त र कार्यरत प्रहरी कर्मचारीका परिवारले निःशुल्क उपचार सेवा लिएका छन् । त्यस्तै प्रहरी निरीक्षक जगदीश भट्टको नेतृत्वमा यही मंसिर २३ गते कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार