राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत
सरला बैजु
मंसिर २१, २०७८ मंगलबार २२:२३:३४
२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम अनुसार आगामी पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिनसक्नु हुनेछ ।
आयोगका अनुसार, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले सोही मितिमा आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजूरी दिनसक्नेछन् ।
यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजूरी उपर छानबिन र कारबाही गर्ने एवं अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार, पुस २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने छ ।
पुुस २१ गते उम्मेद्वारको विरोधमा उजूरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेद्वारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।
माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने कार्यक्रम छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार