एमाले र राप्रपा एउटै हुन् : माधव नेपाल
सरला बैजु
मंसिर २१, २०७८ मंगलबार २२:५०:३१
२१ मंसिर, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मिल्ने सम्भावना रहेको बताएका छन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्ति भएको आरोप लगाए । त्यसैले उनले एमाले र राप्रपा एउटै भएको उनको भनाइ थियो । उनले संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र केपी शर्मा ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था आएको बताए । उनले आफूहरुले एमाले छोडेर राम्रो गरेको बताउँदै भने, ‘हामी एमालेमा भएको भए के हुन्थ्यो हालत ? उनले आफूहरु अहिले पनि एमालेमा नै भएको भए हरि बिजोग हुने बताए ।
उनले एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेकोले नै ओलीले एकलौटी रुपमा आफूले पार्टीलाई नचाइरहेको उनको आरोप थियो । उनले ओली सुध्रिनेवाला मान्छे नभएकोले एमाले नै सिद्धिने संघारमा पुगेको बताए । उनले भने, ‘उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने’ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार