हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु : प्रेम आले
सरला बैजु
मंसिर २१, २०७८ बुधबार ३:१६:५९
२१ मंसिर, काठमाडौं । आज डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘च्यालेन्ज अफ वाइल्डलाइफ म्यानेजमेन्ट इन एभिएसन सेफ्टी’ विषयमा कार्यशाला ग(यो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठ, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलगायत विज्ञले वन्यजन्तु र चराचुरुङ्गीबाट हवाई उडानमाथि हुने सम्भावित जोखिमलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सो अवसरमा प्रस्तुती दिएका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हवाई सुरक्षा बढाउन र सेवालाई गुणस्तरीय बनाउन लागिपरेको बताए । हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो । उनले भने, “म आफ्नो गन्तव्य र अडानमा स्पष्ट छु, विज्ञहरुले यहाँ विकृतिहरु छन् यसरी सुधार गर्नुपर्छ भनेर सुझाव दिनुस् । उडानलाई सुरक्षित बनाउन वन्यजन्तुको जोखिमबाट जोगिन प्रभावकारी काम गर्छौँ, छ दिनपछि क्यानको बैठक बसेर बजेट पारित गर्छौ र कार्यक्रम ल्याउँछौँ ।”
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई उडानलाई वन्यजन्तुबाट सुरक्षित बनाउने कार्ययोजना एक हप्ताभित्र प्रस्तुत गर्न मातहत निकायलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई उड्डयनलाई सुरक्षित तुल्याउन लागिपरेको बताए । वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्या रामेश्वर थापाले नागरिक उड्डयनलाई सुरक्षित र विश्वसनीय बनाउन सरोकारवाला निकायबीच समन्वयका साथ काम अघि बढाइनुपर्नेमा जोड दिए ।
सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाईजहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार