भरसक सहमतिको आधारमा नेतृत्व चयन गर्छौं : सभापति देउवा
सरला बैजु
मंसिर २३, २०७८ बिहिबार १७:२५:१९
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने जानकारी गराएका छन् ।
प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेसन बिल्डिङ’ नामक पुस्तक विमोचन गरेका छन् ।
उनले उम्मेदवार चयन भरसक सहमतिको आधारमा गर्ने बताए । सहमति नभएको खण्डमा भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा गर्ने बताए । प्रतिस्पर्धामा जित-हार हुने हुनाले हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने बताए ।
प्रतिस्पर्धामा हुने जित-हारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्नसमेत उनले आह्वान गरे । नेपाली कांग्रेसका लागि पार्टीको यो महाधिवेशन अत्यन्तै महत्वपूर्ण भएको बताए ।
कांग्रेसको महाधिवेशन पार्टीका लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्तै महत्वपूर्ण हुनसक्ने हुनाले सभापति देउवाले भने, ‘यसलाई सफल पारेर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन साथीहरू लाग्नेछन् ।’
वीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति जे थियो, आधुनिक नेपालको आर्थिक नीति त्यही भएको भन्दै डा. महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक, नीतिबारे यस पुस्तकबाट जानकारी लिन सकिने बताए । हाल अंग्रेजी भाषामा रहेको यो पुस्तकलाई नेपालीमा पनि प्रकाशित गर्ने डा. महतले बताए । यो पुस्तक डा. महतले त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार