नेकपा माओवादी सहमति नभएपछि प्रदेश १ को अधिवेशन लम्बियो
सरला बैजु
मंसिर २७, २०७८ सोमबार १७:५९:१
२७ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन लम्बिएको छ । अध्यक्ष र पदाधिकारी कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको हो ।
नयाँ नेतृत्वका लागि २६९ सदस्यीय कमिटी बनाउने सहमति जुटे पनि नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि अधिवेशन लम्बिएको हो ।
शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका थियो । तर, नेतृत्वका आकांक्षी धेरै भएर सहमति हुन नसक्दा अधिवेशन लम्बिन पुगेको हो ।
आइतबार रातिसम्म नेतृत्व छनोट गर्नेगरी निर्वाचनको कार्यसूची प्रकाशित भएको थियो । तर, सहमतिको प्रयास गर्ने भन्दै नेताहरू छलफलमा बसेपछि कार्यसूची प्रभावित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश अध्यक्षको दौडमा सुरेशकुमार राई (हिमाल), हेमराज भण्डारी, ईन्द्रबहादुर आङ्बो र सुदन किराती दौडमा छन् । प्रदेशमा चुनिएका २६९ जना सदस्यले अध्यक्षसहित पदाधिकारी छान्ने नेताहरुले बताएका छन् । अधिवेशनमा प्रदेशभरिका प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै १५ सय सहभागी छन् ।
प्रदेश अधिवेशनले पार्टीको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित गर्नेछ । सदस्य पदमा सहमति भइसकेका सदस्यहरुको नाम सोमबार सार्वजनिक गर्ने पार्टी केन्द्रीय सदस्य इन्द्र आङ्बो मौसमले जानकारी दिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार