विचारहीन सत्ता र शक्तिका लोभी नेताबाट परिवर्तन सम्भव होला र ?
भेषराज पोखरेल
पुस १, २०७८ बिहिबार १७:१४:५
बदलिँदो र अत्याधुनिक विश्व परिस्थितिमा कस्ता व्यक्तिलाई नेता मान्ने ? नेपालको परिवेशमा नि ? यसको सीधा उत्तर हुन्छ, विश्व परिस्थिति र परिवेशलाई बुझेर त्यसै अनुसार राष्ट्र्लाई अघि बढाउन नीति र योजना बनाउन सक्ने र अधिकभन्दा अधिक जनतालाई आफ्नो नीतिमा सँगै लैजान सक्ने व्यक्तिलाई राजनीतिक दलको नेता बनाउनुपर्छ ।
अर्को, नेतामा इमान्दारिता, सत्यनिष्ठा, आफूले बोलको कुरामा अडिग हुनुपर्छ । जनताले बनाएको संविधानप्रति, लोकतन्त्रप्रति आस्था हुनुपर्छ । एमाले र कांग्रेसका दोस्रो तहका कति जना नेताहरुमा यी गुण देखिन्छन् त ? विचारहीन सत्ता र शक्तिका वरिपरिबाहेक बस्न नसक्ने नेतामा यस्ता गुण हुने कुरै भएन ।
एमालेका शंकर पोखरेल, सुवास, नेम्वांङ, पृथ्वीसुब्बा गुरुंङ, शेरधन राई, अष्टलक्ष्मी शाक्यदेखि नौं बुँदे सहमतिमा ओली पक्षमा गएका १० भाइ नेतामा यस्ता गुणको कल्पना गर्न सकिन्न । नेपाली कांग्रेसका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई कसरी हेर्ने होला ?
सधैं शीर्ष नेताको चाकडी र कृपाको छत्रछायाँमा रहेर शक्ति र सत्तामा तरमार्न पल्लेका नेताहरुले संविधान जहाँ जावस् मतलब हुने कुरै भएन । एमालेका यिनै दिग्गज नेताहरुले ओलीले संविधान मिचेको देखेनन् । सर्वोच्चको संवैधानिक इजलाशलाई षडयन्त्रपूर्ण लाग्यो । केपी ओलीको मर्जी जे हुन्छ, त्यही नै संविधानसम्मत लाग्छ यिनीहरुलाई । ओलीमा अपार विकासको स्रोत देख्छन् । विकासको सपना देख्ने नेपालमा ओलीभन्दा अरु कोही पनि हुन सक्दैन भन्ने लागेको छ ।
कांग्रेस महाधिवेशनको किचलो भनेकै क्रियाशील सदस्यको थियो । पद र शक्तिका आडमा जसो पनि गरिएपछि जिल्ला नेतृत्व, महाधिवेशन प्रतिनिधिको अवस्थामा पनि परिवर्तन आयो । त्यसले केन्द्रीय सभापतिको निर्वाचनमा प्रभाव पार्ने नै भयो, पार्यो ।
धरहरा र रिसोर्टीकरण गर्न लागेको रानीपोखरी जनताको दबाबपछि बाध्य भएर पुनर्निर्माण गरेकोमा विकासको नमूना लागेको छ, यिनीहरुलाई । यी भावी सर्वोच्च नेताले एमालेलाई सच्चा कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्न कस्सिएर लाग्नेवाला छन् । नेपालमा समाजवादी अर्थव्यवस्था ल्याउनेवाला छन् । कसरी नि ?
शिक्षा व्यापारका टाइकुन र चिकित्सा शिक्षा व्यवसायका टाइकुनको संरक्षण गरेर । ठूला यातायात व्यवसायी, डन ठेकेदारहरु, तस्कर र ठूलो कर छली गरेर करोडौं कमाउने व्यापारीको संरक्षण गरेर । यस्ता नेताको छत्रछायाँमा आम भुइँमान्छेको हालत के होला ? अनुमान गर्न कठिन छैन । समाजवादको अनुहार कस्तो होला ?
नेपाली कांग्रेसमा आफूलाई सभापतिको उम्मेदवार बन्ने हैसियत भएकाे मानेर दाबेदार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहलाई नेताका रुपमा लिन मिल्ला ? उनीहरु सभापतिमा सर्मनाक हार भए पनि शेरबहादुर देउवालाई समर्थन गरेबापत उपप्रधानमन्त्री बन्न सक्छन् । पार्टीको मनोनीत पदमा ससम्मान पदासीन हुने सम्भावना झनै ठूलो छ । आफ्ना मान्छेलाई मनोनीतमा पार्नेछन् पक्कै ।
उनीहरुको सुरुको भनाइ अनुसार कांग्रेसको नेतृत्व परिवर्तन, देउवालाई रोक्न नसके प्रजातन्त्र खतरमा पर्छ । देउवाले जिते कांग्रेस गिर्छ, प्रजापरिषद्को हालतमा पुग्छ । अनि सर्मनाक हार व्यहोरेपछि फेरि उनीहरुले भने, देउवाजीले आफू परिवर्तन हुने बताउनुभयो । पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्छु भन्नुभयो, हामीले समर्थन गर्यौं । यी निधि र सिंहले भनेजस्तै देउवाजी सुधारिएर प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि बढाउने अवस्थामा जालान् त ? २०७४ का प्रधानमन्त्री तथा पार्टी सभापति देउवा र अहिलेका प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको मानसिकतामा के फरक होला ? उनको अहिलेसम्म चलिरहेको, भइरहेको मानसपटल फरिदिने कसले होला ? कसरी होला ?
भ्रष्टाचार, अनियमितता कहाँ भएको छ खोज्ने र डटेर लड्ने, युवा हुट्हुटीलाई, जोशलाई पूर्णरुपमा उपयोग गर्ने, जनताका समस्यामा संवेदनशील भएर हिस्सेदारी लिने शेखरको मार्ग हुनुपर्छ । उनले पत्रकार सम्मेलनमा भनेका कुरा पूरा गर्न कृतसंकल्प हुने हो भने उनी कांग्रेसको मात्रै होइन, आमजनताका निर्विकल्प नेता बन्ने निश्चित छ ।
०७४ को आमनिर्वाचनका बेला बिनाकारण माओवादीको लहलहैमा लागेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता नगरेको भए, कांग्रेसले ओलीका विरुद्ध स्पष्ट नीति अघि सार्न सकेको भए, कार्यकतालाई सम्मान गर्दै सक्रिय बनाउन सकेको भए त्यस्तो सर्मनाक हार व्यहोर्नुपथ्र्यो ? केपी ओलीको सरकारका बेला संवैधानिक नियुक्ति तथा राजदूतदेखि विश्वविद्यालयका भिसीको भाग खोज्दै गलत कामको समेत विरोध नगरेर देखेको नदेख्यै गर्दा निधि, सिंह कांग्रेसको निर्णायक तहमै थिए नि ।
यिनीहरुको विचार, सोचाइ भनेको शेरबहादुरको हो । पद र शक्ति भए यिनीहरुलाई प्रजातन्त्र, संविधान, जनजीविका, राष्ट्रिय अस्तित्व, विकास सबै त्यसै हुन्छ । कांग्रेसका अरु नेताको अवस्था कस्तो होला हँ ? शेरबहादुरको छत्रछायाँमा कस्तो विचार मन्थन गर्ने होलान् ?
शेखर कोइरालाले अन्तिमसम्म प्रतिस्पर्धामा डटे । उनले हारे तर पूर्णरुपमा अप्रभावित निर्वाचन भएको भए जीतको अवस्थामा रहेछन् ।कांग्रेस महाधिवेशनको किचलो भनेकै क्रियाशील सदस्यको थियो । पद र शक्तिका आडमा जसो पनि गरिएपछि जिल्ला नेतृत्व, महाधिवेशन प्रतिनिधिको अवस्थामा पनि परिवर्तन आयो । त्यसले केन्द्रीय सभापतिको निर्वाचनमा प्रभाव पार्ने नै भयो, पार्यो ।
उनको अबको बाटो के हुन सक्छ ? प्रजातान्त्रिक समाजवाद कसरी लागू गर्न सकिन्छ विचार मन्थन गर्ने, भ्रातृ संगठनहरुलाई मृतप्राय अवस्थाबाट सक्रिय बनाउन पूरै युवाशक्ति खर्च गर्ने । भ्रष्टाचार, अनियमितता कहाँ भएको छ खोज्ने र डटेर लड्ने, युवा हुट्हुटीलाई, जोशलाई पूर्णरुपमा उपयोग गर्ने, जनताका समस्यामा संवेदनशील भएर हिस्सेदारी लिने शेखरको मार्ग हुनुपर्छ । उनले पत्रकार सम्मेलनमा भनेका कुरा पूरा गर्न कृतसंकल्प हुने हो भने उनी कांग्रेसको मात्रै होइन, आमजनताका निर्विकल्प नेता बन्ने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुँदै
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार