एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
नेपालबहस संवाददाता
पुस ५, २०७८ सोमबार १८:२९:४५
५ पुस, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने एसियन भलिबल कन्फेडेरेसन ‘एभीसी’ एसियन सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक खेल तालिका अनुसार नेपाली महिला टोलीले ८ पुसमा श्रीलंकासँग र पुरुष टोलीले सोही दिन उज्वेकिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरूवात गर्नेछन् । ९ पुसमा महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले बंगलादेशसँग खेल्नेछ । १० पुसमा महिला टोलीले बंगलादेश तथा पुरुष टोलीले माल्दिभ्ससँग खेल्नेछ ।
११ पुसमा महिला टोलीले उज्वेकिस्तानसँग खेल्दा पुरुष टोलीले अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । १२ पुसमा महिला टोलीले अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
लिगकम नकआउट चरणपछि पुरुष र महिलामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथोले १३ पुसमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । १४ पुसमा पुरुष र महिलाको फाइनल खेल हुनेछ । नेपाली दुबै टोली ढाका आज ‘सोमबार’ प्रस्थान गर्दै छ । पुरुष टोलीको मुख्य प्रशिक्षकमा हान एविङ रहेका छन् भने महिला तर्फ जगदिश भट्ट छन् ।
१२ सदस्यीय पुरुष टोली
इमबहादुर राना ‘कप्तान’, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द
१२ सदस्यीय महिला टोली
अरुणा शाही ‘कप्तान’, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र कृपा अधिकारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार