जिल्ला अस्पतालले पाएन कोराेना संक्रमित उपचारबापतको खर्च
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २०:१८:५०
८ पुस, लमजुङ । जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचारमा गरेको खर्च अझै नपाएको जनाएको छ । अस्पतालले सुरूदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म कोरोना संक्रमितको उपचार खर्चबापत एक करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।
कोरोना संक्रमण देखिएदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्म पाँच सय ६ जना संक्रमितको निस्शुल्क उपचार गरेको अस्पतालले जनाएको छ । संक्रमितको उपचार सरकारले गर्ने भने पनि सो बापतको रकम अहिलेसम्म भुक्तानी नभएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पतालमा गत आर्थिक वर्षमै ४४१ जना संक्रमितको उपचार भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा थप ६५ जनाको उपचार भएको अस्पतालले जनाएको छ । दुवै चरणमा उपचार गराएका संक्रमितहरूको कुल रकम एक करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पहिलो चरणमा दुई सय ६२ जना कोरोना संक्रमितको उपचार गर्दा ७३ लाख ६४ हजार रुपैयाँ लागेको थियो भने दोस्रो चरणमा हालसम्म एक सय ७९ जनाको उपचार गर्दा ४६ लाख १३ हजार भएको थियो । पछिल्लो चौमासिकमा १३ लाख ४४ हजार रुपैयाँ भएको अस्पतालले जनाएको छ । कोभिड संक्रमितको उपचार खर्च सरकारले उपलब्ध गराउने सम्झौता भए पनि हालसम्म रकम नआएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
यसअघि दोस्रो लहरको संक्रमण सुरुभएसँगै १६ वैशाख मा जिल्ला अस्पताल लमजुङ र गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड-१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौतामा उल्लेख भएअनुसार संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च अस्पतालको आइशोलेसनमा सामान्य उपचारको लागि दैनिक तीन हजार पाँच सय, मध्यम उपचारको निम्ती सात हजार र गम्भीर उपचारको निम्ती दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्ने उल्लेख भए पनि हालसम्म रकम नआएको अस्पतालले जनाएको हो ।
प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने ४६ लाख १३ हजार रुपैयाँमध्ये ४५ लाख रुपैयाँ निकासा भइसकेको छ । उक्त रकम जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको र आवश्यक प्रक्रिया पुर्याएर अस्पतालको खातामा आउन लागेको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिकामा उल्लेख भएअनुसार कोभिड-१९ को संकास्पद तथा संक्रमितको उपचार निःशुल्क हुने बताइएको छ । संक्रमित व्यक्तिलाई उपचार गरेबापतको लागत रकम अस्पताल, आइशोलेसन सेन्टरलाई उपलव्ध गराईने साथै होम आइशोलेसनमा बस्ने बिरामीको क्लिनिकल निगरानी गर्दा लाग्ने रकमसमेत सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराईने निर्देशिकामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार