ओलीको देश दौडाहाः अरु दललाई धूलो चटाएर एमालेलाई बहुमतमा पुर्याउन सक्लान् ?
भेषराज पोखरेल
पुस ९, २०७८ शुक्रबार १८:४:१५
संसदकाे सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनपछि देश दौडाहामा छन् । उनले जनताको बीचमा गएर आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्ने उद्घोसका साथ यो अभियानमा निस्किएका हुन् । उनले सकेसम्म कांग्रेसलाई चुनावी प्रतिस्पर्धामा हराउने, माओवादी र एकीकृत समाजवादीबाट कार्यकर्ता तानेर कमजोर पारी प्रतिस्पर्धाबाट बाहिर पार्ने दाउमा छन् ।
अहिले उनी पुगेका ठाउँमा देखिएका भीडले उनलाई आफ्नो नेतृत्वमा अरु सबै दललाई निर्वाचनमा धूलो चटाउन सक्छु कि भन्ने लागेको हुनुपर्छ । उनको भाषण त अवश्य पनि आक्रामक छ तर उनको व्यवहार लोकतन्त्रको विरुद्धमा गएको र आफू मात्रै सबै हो भन्ने काम र व्यवहारले जनता उनीतिरै ओइरिन भने कठिन छ । भीड जम्मा त अहिले ओलीको अनुहार हेर्न पनि लाग्छ ।
सबै नेतालाई स्थानीय तह, प्रदेश र केन्द्रका जनप्रतिनिधि बनेर पदमा जान हतारो छ । कसैको विशेष नीतिले तान्ने अवस्था छैन अहिले । जनताले आशा गर्ने कुन कम्युनिष्ट पार्टीको नीति छ र ? व्यवहारले यस्तै देखाएकै छ । पदको बार्गेनिंङ गर्न पनि नेता, कार्यकर्ताहरु दल त्याग गर्ने र प्रवेश गर्ने लहर चलेको छ ।
ओलीले एमाले, माओवादी र एकीकृत समाजवादी सँगै भएको नेकपा हाँके । तीन वर्ष नपुग्दै बरु संसद नै नरहोस्, संविधान नै अपांग बनोस् तर अरुलाई शक्तिमा भागेदारी बनाउनु हुन्न भन्ने व्यवहारका कारण उनलाई सत्ताबाट तल झर्नुपर्यो । पार्टी छिन्नभिन्न भयो ।
उनले अहिले आक्रामक भाषण, अति सक्रियताका कारण अरु दलका केही कार्यकर्ता तथा माओवादी र एकीकृत समाजवादीका धेरै कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन त्यति कठिन नपर्ला तर निर्वाचनका बेला उनकै शक्तिमा ल्याउने र फाल्ने अवस्थामा उनका कार्यकर्ता मात्रै होइन नेताहरु पनि माओवादी र एकीकृत समाजवादीमा जाने अवस्था नजिक छ ।
पृथ्वीनारायण शाहले जहाँ टेक्छन् उही राज्य कब्जामा आउँछ भनेजसरी विकासको मूल फुट्ने वा लहर आउने कसरी होला ? केपी ओलीको शक्तिशाली सरकारका बेला कस्ता नीति बने ? तिनको कार्यान्वयन कस्तो भयो भन्ने कुरा आमजनताबाट लुकेको छ र ?
अहिले कम्युनिष्ट दलमै पनि तीनवटा विकल्प तयार छन् । एमालेमा रहने, माओवादीमा जाने, एकीकृत समाजवादीमा जाने । यी तीन विकल्प नेता, कार्यकर्तासामू खडा छन् । सबै नेतालाई स्थानीय तह, प्रदेश र केन्द्रका जनप्रतिनिधि बनेर पदमा जान हतारो छ । कसैको विशेष नीतिले तान्ने अवस्था छैन अहिले । जनताले आशा गर्ने कुन कम्युनिष्ट पार्टीको नीति छ र ? व्यवहारले यस्तै देखाएकै छ । पदको बार्गेनिंङ गर्न पनि नेता, कार्यकर्ताहरु दल त्याग गर्ने र प्रवेश गर्ने लहर चलेको छ ।
केपी ओली र उनको दलका नेताहरुले जहाँ एमाले टेक्छ, त्यहाँ विकासको मूल फुट्छ भन्ने प्रचार गर्दैछन् । पृथ्वीनारायण शाहले जहाँ टेक्छन् उही राज्य कब्जामा आउँछ भनेजसरी विकासको मूल फुट्ने वा लहर आउने कसरी होला ? केपी ओलीको शक्तिशाली सरकारका बेला कस्ता नीति बने ? तिनको कार्यान्वयन कस्तो भयो भन्ने कुरा आमजनताबाट लुकेको छ र ? दलाल पुँजीवादलाई अझ दमदार रुपमा अघि बढाउनेबाहेक समाजवादको सामान्य सुरुवात पनि त हुन सकेको होइन ।
हुन त ओली मोडल चीनको जस्तो हो भन्न सकिएला तर अरु कुनै विधि विधान नै तयार नगरी गरिएको ओलीमनको छनोट प्रक्रिया डोकोमा टोपी लगाएर मान्छेको रुप खोजेजस्तो बन्न पुग्यो । कांग्रेसको महाधिवेशनले दिएको लोकतन्त्रको छाप, लहरका सामू ओलीको छनोट जनस्वीकार्य हुन कठिन छ ।
समयमा काम नगर्ने कति दलाल ठेकेदारलाई कारबाही गरियो ? कति ठूला कर छली गर्ने व्यापारीलाई समाएर कारबाही गरियो ? कहाँ कुन ठाउँमा कति उत्पादनमूलक उद्योग स्थापना भए ? आयातलाई व्यवस्थित गर्दै कति निर्यात बढाइयो ? यी प्रश्नको उत्तर कतै खोज्दा पनि मिल्दैन । यस्तो अवस्थामा प्रचण्ड र माधव नेपाल भएकाले काम गर्न सकिएन भन्नेबाहेक अरु के जबाफ होला ? आफ्नाे शक्ति सञ्चय र अरुलाई पाखा लगाउने काम मात्रै नभएर ओलीको अति सक्रिय शक्ति साँच्चै विकासलाई अघि बढाउनमा लगाएको भए केही अवश्य हुन्थ्यो नै ।
पछिल्लो समय एमालेको महाधिवेशनका क्रममा देखिएको प्रतिनिधि छनोट र नेपाली कांग्रेसको प्रतिनिधि तथा पदाधिकारी छनोटमा धेरै ठूलो अन्तर देखिएको छ । एमालेको छनोट ओलीमय भयो । उनकै तजबिजमा नेता छानिए तर कांग्रेसको छनोटमा सर्वाधिक प्रजातान्त्रिक अर्थात् लोकतान्त्रिक विधि अपनाइयो । हुन त ओली मोडल चीनको जस्तो हो भन्न सकिएला तर अरु कुनै विधि विधान नै तयार नगरी गरिएको ओलीमनको छनोट प्रक्रिया डोकोमा टोपी लगाएर मान्छेको रुप खोजेजस्तो बन्न पुग्यो । कांग्रेसको महाधिवेशनले दिएको लोकतन्त्रको छाप, लहरका सामू ओलीको छनोट जनस्वीकार्य हुन कठिन छ ।
यी सबै अवस्थामा एमालेले सबै दललाई आगामी तीनै तहको निर्वाचनमा धूलो चटाउन त्यति सजिलो छैन । तर शर्त के छ भने गठबन्धनका दलहरुले जनताको पक्षमा काम गरेनन्, भ्रष्टाचार बढ्दै गयो, राष्ट्र्लाई घाटा पर्ने सम्झौता गरे, दलाल पुँजीपतिको दबदबा बढ्दै गएमा भने जनमत ओलीतिरै एकोहोरिन पनि सक्छ है ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुँदै
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार