कांग्रेस महाधिवेशनको जनादेश र सन्देश
चन्द्रमणि गौतम
पुस १०, २०७८ आइतबार २:४७:३३
नेपाली कांग्रेसको हालै सम्पन्न चौधौं महाधिवेशनमा वडा तहदेखि केन्द्रीय समितिसम्मको नेतृत्व निर्वाचन हुनु अन्य सबै पार्टीको लागि उदाहरणीय कार्य भयो । केन्द्रीय समितिको सदस्यमा समेत गरेर १३४ पदमा निर्वाचन भयो । राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको आपसमा एकीकरण पछि २००७ सालको क्रान्तिका लागि वैरगनिया सम्मेलन हुँदा करिब साढे दुई सय सहभागीहरू रहेको कांग्रेसमा चौधौं महाधिवेशनमा आईपुग्दा ४७४३ सहभागी भए ।
तेह्रोैं महाधिवेशनमा जस्तै चौधौं महाधिवेशनमा पनि सभापति निर्वाचनको लागि दोस्रोचरणको निर्वाचनमा जानुपरेको अवस्थाले सभापति देउवाको विगत कार्यकालले लोकप्रिय बहुमत दिन नसकेको अर्थ सुझायो । लोकतान्त्रिक पार्टीको आन्तरिक निर्वाचनमा ‘विनर’ (विजयी) र ‘रनर’ मात्र (सहगामी) हुन्छ ‘लुजर’ (पराजित) कोही हुँदैन भन्ने हेक्का राख्नुपर्छ ।
७० वर्षअघिको २००७ सालकालिन वा त्यसभन्दा अघिको पुरानो प्रविधि अपनाएर आधुनिक नेतृत्व स्थापना गर्न खोज्नु, घन्टौंसम्म लाइनमा उभिएर बल्ल मतदानको पालो पाउनु, मतगणना गर्न हप्तौंसम्म लाग्नु, मतपत्र हाल्न पानी–ट्याङ्कीको उपयोग हास्यास्पद व्यवस्थापन भयो । नेतृत्वमा निहित कमी–कमजोरी यसबाट पनि प्रकट हुन्छ र सच्याउनुपर्ने कुरा धेरै छन् भन्ने प्रष्टिन्छ ।
१४ जना पदाधिकारीको निर्वाचनमध्ये ११ पदमा नयाँ अनुहार आएका छन् । यसलाई गुणात्मक परिवर्तनको प्रक्रियाको शुभारम्भ मान्नुपर्छ । पारिवारिक विरासतको दावीलाई पनि महाधिवेशनले अस्वीकार गर्यो । सत्ता, शक्ति र स्रोत नखुलेको सम्पत्तिको उल्टोनदी बगाइएकोलाई सामना गर्दै महाधिवेशनका सहभागी साथीहरूले अन्तरात्मा र विवेकको उच्चतम् उपयोग गरेकै हुन् ।
एकातिर, उपभोक्तावाद र सुविधाभोगको अनियन्त्रित प्रभाव सबै पार्टीमा पुगिसकेको छ भने नेपाली कांग्रेसमा नआउने कुरा हुँदैन । तर अर्कातिर पार्टीको नेतृत्व निर्वाचनमा आधुनिक प्रविधि र छिटो–छरितो सुविधा उपयोग गर्न सकेको पाइएन । ७० वर्षअघिको २००७ सालकालिन वा त्यसभन्दा अघिको पुरानो प्रविधि अपनाएर आधुनिक नेतृत्व स्थापना गर्न खोज्नु, घन्टौंसम्म लाइनमा उभिएर बल्ल मतदानको पालो पाउनु, मतगणना गर्न हप्तौंसम्म लाग्नु, मतपत्र हाल्न पानी–ट्याङ्कीको उपयोग हास्यास्पद व्यवस्थापन भयो । नेतृत्वमा निहित कमी–कमजोरी यसबाट पनि प्रकट हुन्छ र सच्याउनुपर्ने कुरा धेरै छन् भन्ने प्रष्टिन्छ ।
कांग्रेस र एमाले दुवै पार्टीमा अलोकप्रिय व्यक्तित्व पदीय नेतृत्वमा निर्वाचित भएको स्थिति छ । पार्टीभित्रको च्यालेन्जर समुहमा विग्रह उत्पन्न गरेर अनेक उम्मेद्वारीको विग्रहमा नै सभापतिले प्राविधिक रुपले बहुमत हासिल गर्नुभयो । देउवाले पाएको विजय आफू सच्चिएर र पार्टीलाई सच्याएर चलाउने एक मौका हो । पार्टी सभापतिको हैसियतमा उहाँले आजसम्म गरेका गतिविधिको अन्ध–अनुमोदनको अर्थमा लिइयो भने त्यो ठूलो भूल हुन्छ ।
वंशवाद, परिवारवाद, नश्लवाद, जातिवाद, धर्म वा सम्प्रदायवादलाई प्रश्रय दिनु कांग्रेसको नीति, आदर्श र संस्कार विरोधी हर्कत हुन् । यो महाधिवेशनले विरासत वा वंशको राजनीतिमा भाग्यमानी हुनखोज्ने युवराज शैलीको पनि निर्ममताका साथ अन्त्य गरिदिएको छ । अब यसको अभ्यास गर्नु कार्यकर्ताको भावनाविपरीत चल्न खोज्ने दुस्साहस मात्र हुन्छ ।
नेपाली कांग्रेस औसत रुपको वा अरु सरह एउटा पार्टीमात्र होइन । कांग्रेस नेपाली समाजको ऐना हो । समाजको भावना र चाहनाको पुञ्ज हो । नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिको इतिहास हो । युगान्तकारी संघर्ष, भोगाई र अनुभवको सार हो । कांग्रेसलाई यस रुपमा बुझ्ने नेतृत्वले मात्र यो पार्टीलाई सही दिशा र नेतृत्व दिनसक्छ ।
एक सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष चयन भए । १२१ जना सदस्यहरूको विभिन्न प्रक्रिया र विधिबाट निर्वाचन भयो । महाधिवेशनका सहभागीहरूले २९ किसिमका मतपत्रमा मतदान गरे । खुला प्रतिष्पर्धामा ३५ जना केन्द्रीय सदस्यको निर्वाचन भयो । समावेशिताको आधार महिला, दलित, आदिवासी–जनजाति, मुस्लिम, थारू, मधेसी, खस–आर्य र पिछडिएको क्षेत्र रहेका र ती सबैको लागि जनसंख्याको अनुपातमा प्रतिनिधित्व वा नेतृत्वको लागि चुनावै भयो ।
अब यसका अतिरिक्त कांग्रेसको विधान अनुसार कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये ३३ जना (२० प्रतिशत) लाई सभापतिले मनोनित गर्दछन् । केन्द्रीय कोषाध्यक्षको लागि केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गरेपछि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ ।
युवा वा नयाँपुस्ताको सहभागिता तेह्रौं महाधिवेशनमा पनि उत्साहजनक थियो । चौधौं महाधिवेशनमा यो दर झन् बढेर गएको छ । जिल्ला, क्षेत्र र स्थानीय तहको नेतृत्वमा आईपुगेको नवयुवा वर्ग १९ देखि २५ वर्ष उमेर समुहको छ । यो ज्यादै खुशी र उत्साहको विषय हो । हात–हातमा मोबाईल फोन बोकेको आधुनिक सामाजिक सन्जालमा जोडिएको, आफ्ना विचार र प्रतिक्रिया तुरुन्त सम्प्रेषण गर्नसक्ने यो पुस्ताको सामर्थ्य, क्षमता, योग्यता, सम्भावना र उर्जालाई माथिल्लो नेतृत्वले कतिसम्म अवसर र वातावरण जुटाईदिन सक्छ, त्यसले कांग्रेसको भविष्य र जनप्रियतामा अहम् महत्व राख्छ ।
त्यसमाथि ‘इतर पक्ष’ ‘तितरबितर पक्ष’ भएपछि जुन परिणाम आयो, यो परिवर्तन र गुणात्मक सुधारको पक्षमा आएको हो । नीतिको स्खलन तर नेताको स्वेच्छाचारिता वा नीतिको निरिहता र नेताको स्वेच्छाचारिता कांग्रेसको आदर्श हुनसक्दैन । सँगै बस्ने तर नजिक हुन नसक्ने विद्यमान अवस्थाको अब अन्त्य हुनैपर्छ ।
उपसभापतिमा धनराज गुरुङ् तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको विजयलाई बौद्धिक वृत्तमा ‘लोकप्रिय नेतृत्वको उदय’ मानिएको छ । यो महाधिवेशनमा डा. शशांक कोइरालाले केन्द्रीय सदस्यको लागि पाएको सबैभन्दा धेरै मत पछिको दोस्रो सबभन्दा बढी मत गगन थापाले पाएर विजयी हुने महामन्त्री हुनुभयो । कांग्रेसको इतिहासमा कुनै पदाधिकारीले पाएको यो नै सर्वाधिक लोकप्रिय बहुमत हो । दुवै युवा महामन्त्रीको क्षमता र सामर्थ्यलाई महाधिवेशन प्रतिनिधिहरू परिचित थिए । दुवै युवालाई भरोसाको मत दिए ।
स्थापनादेखि नै समावेशी चरित्रमा हुर्किएको पार्टी भएका कारण समावेशी लोकतन्त्र नेपाली कांग्रेसकाे आदर्श र संस्कार हो । वंशवाद, परिवारवाद, नश्लवाद, जातिवाद, धर्म वा सम्प्रदायवादलाई प्रश्रय दिनु कांग्रेसको नीति, आदर्श र संस्कार विरोधी हर्कत हुन् । यो महाधिवेशनले विरासत वा वंशको राजनीतिमा भाग्यमानी हुनखोज्ने युवराज शैलीको पनि निर्ममताका साथ अन्त्य गरिदिएको छ । अब यसको अभ्यास गर्नु कार्यकर्ताको भावनाविपरीत चल्न खोज्ने दुस्साहस मात्र हुन्छ ।
‘संस्थापन पक्ष’ र ‘इतर पक्ष’ यी दुवै शब्द भावनात्मक एकता बनाउन प्रयत्नरत रहनेलाई अप्रिय लागेको हो । त्यसमाथि ‘इतर पक्ष’ ‘तितरबितर पक्ष’ भएपछि जुन परिणाम आयो, यो परिवर्तन र गुणात्मक सुधारको पक्षमा आएको हो । नीतिको स्खलन तर नेताको स्वेच्छाचारिता वा नीतिको निरिहता र नेताको स्वेच्छाचारिता कांग्रेसको आदर्श हुनसक्दैन । सँगै बस्ने तर नजिक हुन नसक्ने विद्यमान अवस्थाको अब अन्त्य हुनैपर्छ ।
एमाले सरकारको पालामा कांग्रेसलाई यसकै सभापतिले ‘सहयोगी प्रतिपक्ष’ को भूमिकामा राखेको भनी उडाउनेहरूका लागि पार्टी सभापतिमा देउवाको निर्वाचन ‘कांग्रेसको ओलीकरण’ भन्ने हास्यास्पद परिभाषा लाग्न नपाओस् । चौधौं महाधिवेशनका सहभागीहरूले, पार्टीभित्र विग्रह मच्चाएर पार्टीबाहिर, खासगरी एमाले र माओवादीको बैशाखी टेकेर हिंड्ने कांग्रेस, खोजेका पक्कै होइनन् ।
अब भागबण्डा होइन एजेण्डा
व्यक्तिविशेषको लागि मान वा स्थानको व्यवस्थापन होइन, सबैलाई यथोचित कदर र जिम्मेवारीसँग जोड्ने र कर्तब्य बहनमा सबैलाई सहभागी बनाउने बारेमा अबका निर्णयहरू केन्द्रित हुनुपर्छ । बदनाम भईसकेको ६० र ४० को विसंगत भागबण्डा परिपाटीलाई अन्त्य गर्नुपर्ने महाधिवेशनपछिको नेतृत्व संरचनाले संकेत गरेको भाव नेतृत्वले बुझ्नुपर्छ । अबको कांग्रेस एजेण्डामा जानुपर्छ, भागबण्डामा सिंगो पार्टीलाई घिसार्ने होइन ।
महामन्त्रीको उम्मेद्वारीमा आफ्नो पराजय स्वीकार्दै डा.मीनेन्द्र रिजालजीले नैतिकतापूर्वक रक्षामन्त्रीको पदबाट राजीनामा दिएर पार्टीभित्र नैतिकताको पनि पुनर्जागरण हुन थालेको पुष्टि हुन्छ । कांग्रेसको समस्या जनमत र जनाधारमा होइन, नेतृत्वको कार्यशैली र त्यसले मतदाताको मनस्थिति बिगारेर मनोबलविहिन, शिथिल, दिक्क बनाएको परिणाम हो । नेतृत्वले कोर्श–करेक्सन गर्नुपर्ने प्रस्थानविन्दु यही नै हो ।
संस्थापक तथा अग्रज नेताहरूले पार्टीको छविमा कुनै आँच आउन नदिइकन पार्टी सञ्चालन गर्नुभएको थियो । आजको नेतृत्वले पार्टी सञ्चालनको नाममा घिसार्ने काम ज्यादा भयो । अबको नेतृत्वले पार्टीभित्र थुप्रिएका यावत विकृति र असंगतिको भकारोलाई सोहोरेर युद्धस्तरमा यसको गुणस्तर सुधार गर्नुछ । आन्तरिक लोकतन्त्र, कार्यकर्ताहरूको योगदानमा आधारित मूल्याङ्कन पद्धति, विचार र आचरणको पुनःस्थापना अबको अनिवार्य आवश्यकता हो ।
एमाले सरकारको पालामा कांग्रेसलाई यसकै सभापतिले ‘सहयोगी प्रतिपक्ष’ को भूमिकामा राखेको भनी उडाउनेहरूका लागि पार्टी सभापतिमा देउवाको निर्वाचन ‘कांग्रेसको ओलीकरण’ भन्ने हास्यास्पद परिभाषा लाग्न नपाओस् । चौधौं महाधिवेशनका सहभागीहरूले, पार्टीभित्र विग्रह मच्चाएर पार्टीबाहिर, खासगरी एमाले र माओवादीको बैशाखी टेकेर हिंड्ने कांग्रेस, खोजेका पक्कै होइनन् । तेह्रौं महाधिवेशनमा भन्दा पनि चौंधौं महाधिवेशनमा आफ्नो हैसियत अझ सुदृढ बनाएर केन्द्रीय कार्यसमितिमा ८१ प्रतिशत ‘आफ्ना मान्छे’ पुर्याउन सफलता पाएका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले मतको अभिमतलाई हरबखत हेक्का राख्नैपर्छ ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपलुम्बिनीको भाग्य रेखा : गौतम बुद्ध विमानस्थल
माघ ८, २०८१ मंगलबार
दह्रो आर्थिक नीतिबिना बैंकहरूले कसरी लगानी गर्न सक्लान् ?
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार