विद्यालयमा शौचालय र पानीको व्यावस्था नहुँदा समस्या
नेपालबहस संवाददाता
पुस ११, २०७८ आइतबार २०:२:१५
♦ कल्पना बोहरा
११ पुस, अछाम । अछामको मंगलसैन नगरपालिका-९ स्थित मंगला नेरा मावि ओलिगाउँमा अध्ययनरत विद्यार्थीले विद्यालयमा खानेपानीको अभावका कारण शौचालय प्रयोगमा समस्या भोग्नु परेको बताएका छन् । नियमित विद्यालयमा आउने विद्यार्थीले खानेपानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको बताएका हुन् ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुँदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमित विद्यालयमा आउने वातावरण बने पनि शौचालय र पानीको व्यावस्था नहुँदा समस्या हुने गरेको बताएका हुन् ।
‘विद्यालयमा चारवटा धारा र ६ वटा शौचालय छन्, तर न धारामा पानी आउँछ न शौचालय प्रयोगमा छन्,’ कक्षा ११ मा अध्ययनरत सृजना रावलले भनिन् । महिनावारी भएका बेला मात्रै होइन, विद्यालयमा नियमित शौच गर्न पनि समस्या रहेको कक्षा १० मा अध्ययनरत माया भण्डारी बताउँछिन् । ‘विद्यालयमा शौच गर्ने शौचालय छैन, विद्यालय पछाडिपट्टिको झाडीमा जानुपर्छ, खुल्ला शौच गर्दा धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।
शौचालय र पानीको अभावले सबैभन्दा धेरै समस्या महिनावारी भएका बेला हुने गरेको झरना परियारले बताइन् । ‘महिनावारी भएको बेलाबेलामा प्याड चेञ्ज गर्नुपर्छ, कतिपटक झाडीमा गएर प्याड चेञ्ज गरेका छौं, जंगल वरपरतिर गाईवस्तु चराउने मान्छे हुन्छन्, धेरै समस्या छ,’ उनले भनिन् ।
विद्यालयमा स्कुल नर्सिङ कार्यक्रम लागू भएदेखि छात्रालाई सहज भएको छ । महिनावरी भएको समयमा पेट दुख्ने, बढी रगत बग्ने, ढाड दुख्ने समस्या भएमा विद्यालयमै औषधिको व्यवस्था र रेस्ट गर्न मिल्ने रुमको व्यावस्था रहेकाले आफूहरूलाई सहज भएको उनीहरूको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक मिनबहादुर भण्डारीले विद्यालयका समस्या व्यस्थापन समितिको बैठकमा उठाउँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार