आज सलमानको जन्मदिन : यस्ता छन्, रोचक किस्सा
नेपालबहस संवाददाता
पुस १२, २०७८ सोमबार १४:४१:०
१२ पुस, मुम्बई । बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन । बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन । सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन् ।
उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन् । फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउछन् । यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन् ।
सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन् । यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए । उनका अनुसार २० वर्ष यता उनी कुनै होटल र रेष्टुरेन्टमा गएका छैनन् ।
उनी होटलमा जानुपर्ने अवस्था आएमा होटलको पछाडिको बाटो, किचनको बाटो, सर्भिस लिफ्ट या अन्य कुनै बाटोबाट जान्छन् । सलमान किचनको बाटो जान रुचाउछन् किनकी भोक लागेको अवस्थामा उनले त्यहाँ खाना खान पाउछन् ।
सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्ममा उनले सहकलाकारको भूमिका निर्वाह गरेका थिए । उनलाई सुपरस्टार बनाउने काम सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’ले गर्यो । सन् १९८९ को यो फिल्म सुपरहिट भएको थियो ।
यसपछि उनले ‘बागी’, ‘पत्थर के फूल’, ‘सनम बेवफा’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘जुडवा’, ‘वान्टेड’, ‘बजरंगी भाईजान’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा अभिनय गरे । सन् २०१० पछि सलमानको मुख्य भूमिकामा अभिनय रहेको फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिरहेका छन् । केही फिल्म दुई सय र तीन सय करोड क्लबमा पनि प्रवेश गरेका छन् ।
सलमान हरेक वर्ष आफ्नो जन्मदिन फार्महाउस पनवेलमा परिवारका साथ मनाउछन् । केक काट्न मन नपराउने सलमानको जन्मदिन केक उनका भतिज काट्छन् । सलमान उनीबाहेक अरुले आमा सलमा र हेलनलाई अन्यले छोएको मनपराउदैनन् । उनका साथीहरु पनि टाढैबाट अंगालो मार्छन् । सलमानका भाइ अरबाज र सोहेल पनि नजिक जान डराउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार