महाधिवेशनमा माओवादीः खिया लागेको नीति टक्टक्याएर क्रान्तिकारी बन्ने योजना
भेषराज पोखरेल
पुस १२, २०७८ सोमबार १८:४७:७
माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु भएको छ । प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा एक दिनअघि अचानक आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गरिएकाे छ । २०५२ सालदेखि १० वर्ष विद्रोही युद्ध छेडेको माओवादी केन्द्र ०७८ सम्म आइपुग्दा नीति र संगठनका हिसाबले कमजोर अवस्थामा आइपुगेको छ ।
शान्तिप्रक्रियामा आएपछि ०७४ को पहिलो संविधानसभामा सबैभन्दा ठूलो पार्टी बनेको माओवादी नेताहरुको दम्भ र अति महत्वाकांक्षा तथा परम्परागत माओको नीतिलाई अघि बढाउने कि समयअनुसार परिमार्जित गर्दै जाने भन्ने अन्योलका कारण अहिलेसम्म आइपुग्दा छिन्नभिन्न र कमजोर बन्न पुग्यो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रले क्रान्तिकारी धार छाडेर संसदीय तथा पुँजीवादी भासमा गएको भन्दै मोहन वैद्य तथा नेत्रविक्रम चन्दले छुट्टाछुट्टै पार्टी बनाए पनि उनीहरुसमेत निश्चित राजनीतिक बाटो कोर्न सक्ने अवस्थामा छैनन् । एमालेसँग एकता गरेर नेकपा बन्न पुगेको माओवादी केन्द्र अहिले पुनः विशेष क्रान्तिकारी बन्ने उद्घोष गर्दैछ । सो पार्टीका नेताहरुले प्रचण्डपथलाई ब्युँताउनुपर्छ भन्न थालेका छन् । सैद्धान्तिक र वैचारिक रुपमा कमजोर, सांगठनिक रुपमा दुब्लो बन्दै गएको माओवादी केन्द्र अब कस्तो क्रान्तिकारी बन्ने होला ?
नेताहरु पटक पटक सत्तामा गए पनि यतातिर सोचेको देखिएन ।अहिले माओवादी नेताहरु यो अवस्थामा छैनन् । पार्टी कमजोर छ, लुलो छ, दुब्लो छ ।
मओवादी शान्तिप्रक्रियामा आएपछि सरकार चलाउँदा होस् वा प्रतिपक्षमा बस्दा, विद्रोहका बेला उठाएका आफ्ना मुद्दा र नीतिको कार्यान्वयनका लागि सशक्त रुपमा एक ढिक्का भएर लाग्नुपर्नेमा त्यसो गरेन । बरु त्यसका शीर्ष नेताहरु विभिन्न नाम र निहुँमा एकले अर्कालाई अगाडि बढ्न नदिने, दोष थोपर्ने, आफ्नो शक्ति कसरी बलियो बनाउन सकिन्छ भनेर दिन रात लागे । टाठाबाठा नेता कार्यकर्ताहरु आफ्नो क्रान्तिकारी भनिने छवि प्रयोग गर्दै खुला र दलाल पुँजीवादी व्यवस्थाको भरपुर उपयोग गरेर कमाउधन्धामा लागे ।
नेताहरुको कमाइ ह्वात्तै बढ्यो । निम्न वर्गलाई माथि उठाउने, क्रोनिक तथा दलाल पुँजीवाद नै भए पनि त्यसलाई कसरी सुधार गरेर स्वच्छ र स्वस्थ बाटोमा ल्याउने भन्नेतिर उनीहरुको सोचाइ नै गएन । बरु दलाल पुँजीवादलाई अझ मलजल गर्दा नै आफ्नो उन्नति देखे । वास्तविक क्रान्तिकारी दल, त्यसका नेताहरुलाई राष्ट्र् र समाज बदल्न सत्तामै गइरहनु पर्दैन, दुई तिहाई बहुमत ल्याउनै पर्दैन ।
राष्ट्रकाे शासन पद्धति, अर्थव्यवस्था, कर्मचारी संयन्त्रको मिहिन अध्ययन गरेर त्यसै अनुसार नीति बनाई जुनसुकै सरकारलाई लागू गर्न बाध्य पार्न सकिन्छ । त्यसमा नेताहरु नैतिक धरातलबाट तल खस्नु भने हुँदैन । नेताहरु पटक पटक सत्तामा गए पनि यतातिर सोचेको देखिएन ।अहिले माओवादी नेताहरु यो अवस्थामा छैनन् । पार्टी कमजोर छ, लुलो छ, दुब्लो छ ।
प्रचण्डपथ कस्तो होला ? कसरी देशलाई समृद्धिको बाटोतिर मोड्ने होला ? माओवादकै कुरा गर्ने हो भने पनि चीनले समेत त्यागेको छ । उनले स्थापना गरेको पार्टी पद्धति त छ तर आर्थिक मोडल देंङ स्याओ पिंङको खुला अर्थनीतिमा चीनले प्रगति गरिरहेको छ । यस्तो अवस्थामा नेपालले बन्द अर्थनीतिको बाटो लिएर देशलाई अझ पछाडि धकेल्ने चाहना राख्नु गलत छ ।
अहिले वैद्य, विप्लव, आहूति, किराँती आदि पूर्वमाओवादी नेतृत्वका समूहरुले त कम्युनिष्टको शास्त्रीय नीति हुनुपर्छ भन्ने चाहन्छन् । उनीहरु एक भएर जान पनि चाहन्नन्, भ्यागुताको धार्ने पुग्न युगौं पर्खंदा पनि कठिन छ । त्यो आफ्नो ठाउँमा छँदैछ, अहिले सबैभन्दा खाँटी कम्युनिष्ट पार्टी ओली नेतृत्वको एमाले बन्न गएको छ । एमालेका अध्यक्ष केपी ओलीले एमालेबाहेक अरु कम्युनिष्ट हुँदै होइनन् भन्दै हुँकार गरिरहेका छन् । दलाल पुजीवादमा कमाएका र विदेशी आईएनजीओको लतारमा चलेका नेताहरुले कस्तो नीति बनाएर दलाल पुँजीवादलाई समाजवादतिर मोड्ने होलान् ?
ओलीले भन्दै आएको समाजवादी यात्रा त दस्तावेजमा उल्लेख गर्ने शब्द सौन्दर्य मात्रै हो । अहिले यस्ता शब्द खोज्न कुनै विशेष चिन्तक हुनै पर्दैन, ओली चिन्तन काफी छ । यस्तो अवस्था भए पनि ओली हुँकारले दाहालको माओवादी थला पर्ने अवस्थामै छ । माधवकुमार नेपालको एकीकृत समाजवादीको नीति त अहिले धरातलभन्दा माथि उक्लने छैन नै । यिनै नेताको क्रान्तिकारी रुझानले यस्तो क्रोनिक पुँजीवाद तथा दलाल पुँजीवाद नेपालमा फल्ने, फुल्ने मौका पाएको हो नि ।
अहिले माओवादीमा प्रचण्डपथ पुनः ब्युँताउनुपर्छ भन्ने आवाज उठको छ । अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले प्रचण्डपथ अनुसार अघि बढ्नुपर्छ भन्न थालेका छन् । युद्धका बेला नेतृत्वमा रहेका प्रचण्डले नीति बनाएका थिए । त्यसै अनुसार पार्टी अघि बढ्थ्यो । अहिलेको लोकतान्त्रिक व्यवस्था, जटिल आर्थिक अवस्था र विश्व परिवेशका बीच कुनै खाका नकोरिएको प्रचण्डपथ कस्तो होला ? कसरी देशलाई समृद्धिको बाटोतिर मोड्ने होला ? माओवादकै कुरा गर्ने हो भने पनि चीनले समेत त्यागेको छ । उनले स्थापना गरेको पार्टी पद्धति त छ तर आर्थिक मोडल देंङ स्याओ पिंङको खुला अर्थनीतिमा चीनले प्रगति गरिरहेको छ । यस्तो अवस्थामा नेपालले बन्द अर्थनीतिको बाटो लिएर देशलाई अझ पछाडि धकेल्ने चाहना राख्नु गलत छ ।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय पुँजीको लगानी गरेर विकासलाई अघि बढाउने, बहुराष्ट्र्यि कम्पनीलाई लगानी गर्नबाट रोक्ने बताउँदै आएका छन् । त्यो राष्ट्रिय पुँजीको विकास कसरी गर्ने होला ? अर्थतन्त्रलाई मिहिन रुपमा अध्ययन गरेर अघि नबढ्ने हो भने नेपालकै लगानीमा खुलेका शिक्षा व्यवसाय, मेडिकल कलेज व्यवसाय, मेडिकल व्यवसायको अवस्था कस्तो छ ? अरु निर्यातमूलक उद्योग कस्ता छन्, त्यसै कुहिरोका काग बनेका छन् । अहिले जनार्दन शर्मा कुहिरोको काग बनेकै छन् ।
अब पुराना खिया लाग्दै गएका नीति टक्टक्याएर समाजवाद ल्याउन सकिने अवस्था छैन । अहिले वस्तुगत रुपमा देशको शासन संयन्त्र र अर्थतन्त्र बुझ्ने र त्यसै अनुसार अधिकतम जनताको हित हुने गरी नीति बनाउँदै अघि बढ्ने हो । दलाल पुँजीवादलाई आफ्नो उन्नतिको बाटो बनाउने, समाजवाद लागू गर्छौं भन्नु फगत फटाइँ हो ।
चाहने हो भने अहिलेकै अवस्थामा पनि समाजवाद उन्मुख अर्थतन्त्र सुरु गर्न कसैले रोक्दैन । अहिलेको अवस्थालाई हेर्दा माओवादी, एमाले वा एकीकृृत समाजवादीमा भएका नेताहरुमा समाजवाद अन्धाले हात्ती छामेजस्तै छ । विचार र क्षमताका हिसाबले तथा कामका हिसाबले पनि त्यस्तै अवस्था देखिएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार