अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा
नेपालबहस संवाददाता
पुस १९, २०७८ सोमबार १७:४१:५२
१९ पुस, एजेन्सी । हालका दिनमा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा छन् । अल्लू र रश्मिका मन्दाना अभिनित यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।
फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा सारा रेकर्ड तोडेको छ । हिन्दी भर्सनमा यो फिल्मले चाँडै नै ७५ करोड रुपैयाँको आँकडा पार गर्ने तयारीमा छ । फिल्मले विश्वव्यापी रुपमा हालसम्म ३ सय करोड कमाइसकेको छ ।
‘पुष्पा’ हेरेपछि बलिउडमा अल्लूको फ्यान फलोइङ दिनानुदिन बढिरहेको छ । उनको लोकप्रियताका कारण उनलाई बलिउडबाट अफर पनि आउन थालेको छ । तर, अहिले नै बलिउडमा काम गर्न अल्लू तयार छैनन् । उनले एक अन्तर्वार्तामा आफूलाई बलिउडबाट अफर आए पनि ती अफर ‘उत्साहजनक’ नरहेकाले तुरुन्तै ‘हुन्छ’ भन्न तयार नरहेको बताएका छन् ।
‘हिन्दी फिल्ममा काम गर्न तयार छु । तर एउटा राम्रो कथा चाहिएको छ । जब कुनै हिन्दी स्क्रिप्ट लिन्छु, एक प्रमुख कलाकारलाई सहायक कलाकारको भूमिकामा देखिन मन लाग्दैन । त्यसकारण एक नायकको रुपमा म जहिल्यै मुख्य भूमिकामै अभिनय गर्न चाहन्छु । निर्माताले पनि यो कुरा बुझ्नुपर्छ । मेरो सर्त नै राम्रो कथा हुनुपर्छ भन्ने हो,ु उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार