दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार १८:३९:४१
२२ पुस, दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ । म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ ।
खुला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ ।
स्थानीयतर्फ १० किमि दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ चार किमि दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुङ्गिनेछ ।
खुलातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ । स्थानीयतर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।
महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । सोही दिन ऋषिङ–३ मा निर्माण भएको अतिथि भवनको कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार