चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार २१:३७:२८
२२ पुस, चितवन । जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो ।
यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको कलेजले जनाएको छ । अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् यी शल्यक्रिया भएका हुन् । गत वैशाखदेखि यो सेवा सुरु गरिएको हो ।
विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा. अनिल आचार्यले मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको जानकारी दिए । उनले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिँदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाइएको बताए ।
उनले भने,“मुटुको खुम्चिने शक्ति कम भएकोमा दुई वटा भाग फेर्ने र एउटा उपचार गर्ने काम सफलतापूर्वक गरियो ।” हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उनको भनाइ छ । विभागमा डा. आचार्यसँगै डा. अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आएको छ ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सिटिभिएस विभाग अन्तर्गत सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाउँदै विभागका चिकित्सक, नर्सलगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे । उनले भने,“यो टिमले छोटो समयमा सफलतापूर्वक एक सय शल्यक्रिया गरेको छ ।”
उनले चितवनमा सिटिभिएस अन्तर्गतका महत्वपूर्ण शल्यक्रिया सफलतापूर्वक हुन्छन् भन्ने पुष्टि भएको बताए । उनले थपे,“राजधानी काठमाडौं र विदेश जानुपर्ने बिरामीलाई सर्वसुलभ रुपमा हामीले सेवा दिन सफल भएका छौं ।”
सन् २००८ मा बङ्गलादेशबाट कार्डियोथोरासिस तथा भाष्कुलर सर्जरीमा स्नातकोत्तर गरेका डा. आचार्यले १० वर्ष काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रमा काम गरिसकेको छ । यही बीचमा उनले सिङ्गापुरबाट फेलोसिप पनि सम्पन्न गरे ।
तीन वर्ष नेपाल मेडिसिटी अस्पताल काठमाडौँमा कन्सल्टेन्ट कार्डियोसर्जनको रुपमा काम गरिसक्नुभएका डा आचार्य गत वैशाखदेखि चितवन मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । उहाँ मुटुसम्बन्धी तीन हजारभन्दा बढी शल्यक्रियामा प्रत्यक्ष संलग्न हुनुहुन्छ । आफ्नो नेतृत्वमा दुई हजारभन्दा बढी शल्यक्रिया भइसकेको डा आचार्यको भनाइ छ । कलेजले सेवा दिनुअघि धेरै बिरामी काठमाडौँ, भारत र तेस्रो मुलुक जाने गर्दथे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार