नेपाल र जापान मिलेर कोभिड–१९ रोकथाममा भूमिका खेल्ने
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार २३:३७:१९
२२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीच आपसी पारस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्त्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिएका थिए ।
जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको उल्लेख गरे । उनले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्त्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गर्दै दुई देश र जनताको पारस्परिक हितमा राजदूतसँग मिलेर काम गर्ने इच्छासमेत व्यक्त गरे ।
उनले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षासमेत गरेका थिए ।
नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्त्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले धारणा राखे ।
नेपालका लागि जापनिज राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफूहरूले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताए । उनले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी गराए ।
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनर्निर्माण लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता जस्ता कार्यक्रममा सहयोग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार