चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार १८:२५:५२
२३ पुस, चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उनका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गरेका हुन् ।
अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जनाएको हो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार कृष्णको ६० प्रतिशत कलेजो जीवनमा प्रत्यारोपण गरिएको छ ।
कलेजो प्रत्यारोपणमा चिकित्सक डा. सञ्जय यादव, डा. प्रवीन जोशी, डा. जयन्तकुमार साह, डा. गौरव कट्टेल, डा. सरोज ढुङ्गाना, एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, डा. सुरेश गौतम, डा. नवीन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, डा वरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा वित्रान पौडेल, डा. सुभास ओझा, डा प्रदेश घिमिरे र डा. नेहा विष्टको सहभागिता रहेको थियो । योसँगै भारतको एपोलो अस्पतालका चिकित्सक डा. निरभ गोयल, डा. अरुण कुमार, डा. रमन रानासहितको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।
करिब एक वर्षदेखि विभिन्न अस्पतालमा कलेजोको परीक्षण गराउँदै आएका उनमा ‘वड चियरी सिन्ड्रम विथ कम्प्लिट पिभिटी डिजिज’का कारण कलेजो प्रत्यारोपाण गरेका थिए । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले सन् २०२१ मा नेपालमा सबैभन्दा बढी कलेजो प्रत्यारोपाण गराउन सफल भएको बताए।
मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । ती अस्पतालमा भन्दा बढी यस अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको उनले दाबी गरे । कलेजो प्रत्यारोपण गरेका भाइ कृष्णले दाजुले पुर्नजीवन पाएको बताए । उनले भने “यसले दाजु भाइको बीचमा प्रगाढ सम्बन्ध कायम गरेको छ । समाजले जे भने पनि परिवार भनेको परिवारनै हो ।” आफ्नो दाजुले नयाँ जीवन पाएको र आफूलाई कुनै समस्या नरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार