जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार १८:३५:२५
२३ पुस, खोटाङ । खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स-रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स-रे सेवा सुरु गरिएको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स-रे जडान गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।
अस्पतालमा डिजिटल एक्स-रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप पाँच लाख बढी खर्च भएको छ । डिजिटल एक्स-रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदसमेतका लागि बजेट माग गर्दा डिजिटल एक्स-रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफै डिजिटल एक्स-रे मेसिन खरिद गरेर अस्पताललाई उपलव्ध गराएको हो । यसअघि सानो क्षमताको एक्स-रे मेसिनमार्फत सेवा प्रवाह गर्दै आएकामा डिजिटल एक्स-रे मेसिनले एक्स-रेसम्बन्धी सेवा सरल र सहज बनेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । प्रिन्टिङ मेसिन अभावमा डेभलपर ‘परम्परागत उपकरण’ मार्फत रिपोर्ट दिने गरिएको छ ।
जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित हुँदैआएका छन् ।
‘हामीले सरल र सहज मूल्यामा स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएका छौँ,’ व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘पुरानो मोडेलको मेसिनबाट एक्स-रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार