दाह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि, दम्पत्ति चकित
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार १९:६:१७
२३ पुस, अंकारा । चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।
पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको अर्थात मिसक्यारिज भएको चिकित्सकहरुले बताएका थिए ।
चिकित्सकले दिएको प्रमाण पत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।
शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गंम्भीर विरामी परेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार