वालिङका कृषकहरुलाई बिउबिजन बितरण
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार २०:६:३८
२६ पुस, वालिङ । वालिङका कृषकहरुलाई बिउबिजन बितरण गरिएको छ । नगरभित्रका कृषकहरुलाई मौसम अनुसारका लहरेबालीका बिउबिजन बितरण गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’को आयोजना तथा ‘उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविक’को सहजीकरणमा बिउबिजन बितरण गरिएको हो ।
बिउबिजन बितरण गर्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले कृषकको उत्पादन बढाउन र बजारीकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । कृषकहरुलाई बिभिन्न सहयोग गर्दै लागत कम गर्ने र कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेमा नगरको जोड रहेको उपप्रमुख तिवारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषकहरुको उत्पादन बढेमा मात्रै समग्र नगरको आर्थिक बिकास हुने बताए । उनले भने, ‘कृषकहरुको मेहनतलाई नगरले कदर गर्दै उनीहरुको काममा साझेदारी गरिरहेको छ ।’ कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखा प्रमुख शुभाष अर्यालले बिउबिजन लगाउने तरिका तथा यसबाट धेरै फल लिन सकिने तरिकाका बारेमा जानकारी गराए ।
दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषकहरुको माग र आवश्यक्ताका आधारमा परियोजना मार्फत बिउबिजन बितरण भईरहेको जानकारी गराए । कृषकहरुले अनुदानमा पाएका सामाग्री तथा बिउबिजनको राम्रो सदुपयोग गरिहेको आफूहरुले पाएको अध्यक्ष तिवारीले बताए ।
कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका अधिकृत गंगाधर खनाल राजुले गरेका थिए । नगरका १४ वटै वडाका कृषक समूह, व्यवशायीक कृषक तथा नव व्यवशायीक कृषकहरुलाई बिभिन्न चरणमा गरी पाँचसय जनालाई बिउबिजन बितरण गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार