वैवाहिक जीवनबाट अलग भए धनुष र ऐश्वर्या
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार १५:७:८
५ माघ, एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन् । उनीहरुले गत सोमबार एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरे ।
यो जोडीले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो ।
धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।
‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।
स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए ।
ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए । अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार