बलियो बन्न संवैधानिक छिद्रको सहाराः यस्ता दलले लोकतन्त्रलाई जहिले पनि धोका दिन सक्छन्
भेषराज पोखरेल
माघ १०, २०७८ मंगलबार २:२१:४३
अहिले सरकार सञ्चालन गरिरहेका गठबन्धनमा संलग्न दलहरु आफू बलियो बन्ने प्रयासमा संविधानका छिद्र खोज्न लागेका छन् । विशेषतः माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जेठभित्र स्थानीय निर्वाचन गर्ने हो भने आफ्नो अस्तित्व धरापमा पर्ने डरले स्थानीय निर्वाचन पछाडि धकेल्न जोडबल लगाइरहेका छन् । संविधानमा स्थानीय सरकारको पाँच वर्षे कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने उल्लेख भएकाले त्यसलाई चैतसम्म पर सार्न सकिने मानसिकतामा छलफल चलाइरहेको देखिएको छ ।
अर्को, संघीय संसद्को निर्वाचन भने पाँच वर्षे कार्यकालभन्दा अगावै गर्ने मानसिकतामा गठबन्धनका दलहरु देखिन्छन् । यी सबै अवस्थाले दलहरु आफ्नो अस्तित्व जोगाउन जुनसुकै दाउपेच अपनाउन पनि पछि पर्ने रहेनछन् भन्ने स्पष्ट भएको छ । एमाले अध्यक्ष ओली कदमको विरोध गरेर आएका दलहरुले पुनः उनले जस्तै संविधान र ऐनको आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्न सबै शक्ति खर्च गर्नुले लोकतन्त्रलाई जुनसुकै समयमा पनि धोका दिँदैनन् भन्ने कुनै ग्यारन्टी होला र ?
लोकतन्त्र बलियो बनाउन सबै दलको सहमतिमा बनेको ऐन बाधक देख्ने हो भने ओलीले यो संसदीय व्यवस्था हो, म प्रधानमन्त्री हुँ, संसद विघटन गर्ने मेरो अधिकार हो र हुनुपर्छ, राष्ट्र्पतिले गरेको निर्णयविरुद्ध कसैले प्रश्न उठाउन पाउँदैन भन्नुभन्दा के फरक भयो र ?
गठबन्धनका दलहरुले संघीय संसदको निर्वाचन भने सकेसम्म पहिले गर्ने, नभए माघमा गर्ने मानसिकतामा छन् । संघीय संसद्को पाँच वर्षे कार्यकाल अर्को वर्षको फागुनमा सकिँदै छ । संविधानसभाबाट निर्मित २०७२ को संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्षको हुने उल्लेख छ । ती स्थानीय तहको निर्वाचन कार्यकाल सकिएको ६ महिनाभित्र गरिसक्नुपर्ने प्रावधान छ । अर्को, २०७३ माघ १९ मा संसदको राज्यव्यवस्था समितिले स्थानीय तहको कार्यकाल सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने विधेयक पारित गरेको थियो । सो विधेयक पारित गर्दा सबै दलको एकमत भएको थियो ।
सो ऐनको दफा ३ मा उल्लोख गरिएको प्रावधानले स्थानीय तहलाई जनप्रतिनिधिविहीन अवस्था आउन नदिने व्यवस्था गरेको हो । लोकतन्त्र बलियो बनाउन विशेष सुझबुझका साथ बनाइएको ऐनको प्रावधान संविधानसँग बाझिएको र स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ म सुरु भए पनि असौज २ मा सकिएकाले उनीहरुको कार्यकाल पाँच वर्ष नपुग्ने हुँदा ऐनमै संशोधन गर्नुपर्ने कानुन व्यवसायीले सुझाव दिएको बताएका छन् ।
लोकतन्त्र बलियो बनाउन सबै दलको सहमतिमा बनेको ऐन बाधक देख्ने हो भने ओलीले यो संसदीय व्यवस्था हो, म प्रधानमन्त्री हुँ, संसद विघटन गर्ने मेरो अधिकार हो र हुनुपर्छ, राष्ट्र्पतिले गरेको निर्णयविरुद्ध कसैले प्रश्न उठाउन पाउँदैन भन्नुभन्दा के फरक भयो र ?
स्थानीय तहको निर्वाचन सार्न माओवादी केन्द्र र एकीकृत समाजवादीमा छट्पटी भएको देखिन्छ । लोकतन्त्रको आधारभूत स्तम्भ संविधानमा भएको कमीलाई सुधार्न ऐनमा यस्तो प्रावधान राखिएको हो । यसलाई कमजोरी ठानेर आफू अनुकूल गरिने व्याख्याले जनसमर्थन पाउन कठिन छ ।
यस्तो अवस्थामा यी पार्टीहरु बलिया बन्न सक्लान् ? पार्टीहरुको यस्तो व्यवहारले उनीहरुले आफू माथि नपरे प्रजातन्त्र वा लोकतन्त्रलाई जुनसुकै बेला धोका दिन सक्छन् भन्ने स्पष्ट भएको छ । कांग्रेसले पनि यसो गर्ने कि उसो गर्ने भन्ने कुनै अडान लिन सकेको छैन । यसले आगामी दिनमा संविधानको आफ्नै खाले व्याख्या, ऐनको वास्तविक भावनाविरुद्ध जथाभावी संशोधन गर्ने श्रृंखलालाई अझ बढाउने बाटो दिन्छ । भविष्यमा जो सरकारमा आए पनि यस्ता अप्ठ्यारा परि नै हाल्छन् । जो प्रजातन्त्र वा लोकतन्त्रका लागि बाधक हो ।
अहिलेको सरकार सञ्चालन गरिरहेको गठबन्धन सरकार र त्यसमा संलग्न दलहरु सशक्त र दह्रा छैनन् । भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र्को नाममा सम्बोधन गरे । उनको सम्बोधनमा गठबन्धन सरकारको ठोस नीति जनतासामू आउन सकेन । सरकारले अघि सारेका विकासका आयोजना यस्ता छन्, भइरहेका राष्ट्रिय गौरवका आयोजनाहरु यस्तो अवस्थामा छन्, अन्य आयोजना पनि यसरी चल्दै छन् भन्ने कुरा पनि ठोस रुपमा आउन सकेन ।
पहिलेको सरकारको समयमा भएका अनियमितता र अहिले पनि भएका अनियमितता रोक्न सरकारले यो रणनीति अनुसार अगाडि बढ्दै छ भन्ने कुरा पनि उनको सम्बोधनमा आउन सकेन । आमजनतासँग सरोकार राख्ने र सरकारले तत्काल गर्नुपर्ने कामको बारेमा पनि ठोस प्रतिबद्धता आएन । अर्को, खस्कँदै गएको अर्थतन्त्रलाई निश्चित दिशा दिन सरकारले यस्तो कदम चाल्दै छ भन्ने कुरा पनि आउन सकेन ।
यसले प्रतिपक्षी दल एमालेलाई प्रश्न गर्ने ठाउँ दियो । यसले गठबन्धनका दलहरुको आधार बलियो बनाउन मद्धत गर्नुको साटो कमजोर बनाउन बाटो दियो । यी विषयमा गठबन्धनका दलहरु गम्भीर भएर ध्यान केन्द्रित गर्ने र विशेष योजनासाथ अघि बढ्ने तथा समयमै तीनै तहको निर्वाचन गराउने हो भने गठबन्धनका दलहरुप्रति जनताको समर्थन घट्ने होइन बेढेरै जानेछ । सोच्ने पालो शीर्ष नेताहरुको हो, त्यसो नभए दास्रो, तेस्रो तहका नेताहरुले दबाब दिन हच्किने हो र ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार