डिप्रेसन हुँदा के गर्थे कपिल शर्मा ?
नेपालबहस संवाददाता
माघ १६, २०७८ आइतबार २०:१९:२५
१६ माघ, काठमाडौं । भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन् ।
कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार भएका थिए । उनले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए ।
‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें । मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो । किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन् ।
कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए । तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार