भारतीय क्रिकेट टिमका पूर्व कप्तान सुपरहिरो अवतारमा
नेपालबहस संवाददाता
माघ २०, २०७८ शुक्रबार ३:५४:२२
२० माघ, काठमाडौं । दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् ।
यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले नोबलको टिजर पनि रिलिज गरेका छन् । सार्वजनिक ग्राफिक नोबलको टिजरमा धोनीको एनिमेटेड अवतार हेर्न सकिन्छ । ‘मलाई आफ्नो नयाँ अवतारको घोषणा गर्न पाउँदा खुशी लागेको छ । ।।।अथर्व’, उनले लेखेका छन् ।
टिजरमा धोनीलाई कैयौं राक्षसलाई परास्त गरेको एक योद्धाको रुपमा देखाइएको छ । लामो कपालमा देखिएका धोनीको योद्धा अवतारले सामाजिक सञ्जालमा तारिफ पाइरहेको छ । फ्यानले उनलाई भगवान शिवको रुपसँग तुलना गरेका छन् ।
‘अथर्वः द ओरिजिन’ एक पौराणिक काल्पनिक कथा हो । जसको कथामा एक योद्धाले दानव र राक्षसहरुलाई परास्त गरेको हेर्न पाइनेछ । उपन्यासको कथामा ‘अथर्व’को एक साहसी राजालाई देखाइएको छ । एक युवा राजाले आफ्नो भाग्यसँग लडेको कथा ‘अथर्वः द ओरिजिनल’मा दर्शकले हेर्नेछन् । यो एक काल्पनिक कथा भएकाले यसमा कुनै ऐतिहासिक या पौराणिक धार्मिक कथा नरहेको निर्माण पक्षले जनाएको छ ।
धोनीको ‘अथर्वः द ओरिजिन’लाई ‘न्यू एज ग्राफिक नोबल’का रुपमा मानिएको छ । यो नोबल लेखक रमेश थमिलमनीको यही नामको अप्रकाशित पुस्तकको एडप्टेसन हो । यो नोबललाई धोनी इन्टरटेनमेन्टले सार्वजनिक गर्दैछ । धोनी इन्टरटेनमेन्ट धोनीकी पत्नी साक्षीले हेरिरहेकी छन् ।
इन्टरटेनमेन्टका अनुसार ‘अथर्व’ एक थ्रिलर ग्राफिक नोबल हुनेछ । यसमा कैयौं रोचक कथा देखाइनेछ । लेखक थमिलमनी यो ग्राफिक नोबलमा लामो समयदेखि काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार