हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १४ प्रतिशतले घट्यो ?
नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार १८:२१:४८
२८ माघ, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ११ लाख मुनाफा गरेकोमा चालू आवको सोही अवधिमा घटेर ५ करोड २२ लाखमा झरेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले मुनाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा १० करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर ९ करोड ४२ लाखमा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड रहेको छ भने जगेडामा रू। २० करोड २१ लाख र बीमा कोषमा ६४ करोड ३० लाख सञ्चित गरेको छ ।
त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ८४ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ४२ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ४९ ९वार्षिक०, मूल्य आम्दानी अनुपात ८१ दशमलव शून्य २ गुणा र प्रतिशेयर नेटवर्थ १७८ दशमलव ५४ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार