एमसीसी बिरोध प्रकरणः नेपाललाई अमेरिकी ध्रुवबाट पृथक गराउने भारतीय रणनीति
इन्द्र रिजाल
फागुन २, २०७८ सोमबार १९:४४:१९
गरिबको नाममा राजनीति गरी नेपालमा भारतीय स्वार्थ अनुरुपको सत्ता स्थापना गर्ने उद्देश्यका साथ कलकत्ते कम्युनिष्टको गठन गरियो ।कलकत्ते कम्युनिष्टहरुले माखो मार्न छाँटकाँट नदेखेपछि गोरखपुरिया कम्युनिष्टलाई जन्माइयो । गोरखपुरिया कम्युनिष्टले पनि मेलोमेसो नल्याएपछि नक्सली कम्युनिष्ट जन्माइयो ।
अनि कसले गरिब जनतालाई बेबकुफ बनाएर भारतीय स्वार्थ अनुकुलको सत्ता नेपालमा स्थापित गर्ने भन्ने प्रतिस्पर्धा नै चल्यो, यी तीनथर नेपाली कम्युनिष्ट घटकहरुबीच । अन्त्यमा बाजी मार्यो गोरखपुरिया कम्युनिष्टको खेमाले । तर आफ्नो देशमा सशस्त्र विद्रोह गरिरहेका उग्रबामपन्थीलाई मसला हुने डरले गोरखपुरिया घटकलाई साइजमा ल्याइयो मधेश आन्दोलनका नाममा ।
कलकत्ते कम्युनिष्टहरु नक्सली कम्युनिष्टहरुसँग गाभिएपछि अहिले गोरखपुरिया र नक्सली कम्युनिष्टहरुबीच गजबको प्रतिस्पर्धा चलेको छ कसले भारतीय हितको बढी रक्षा गर्ने भनेर । यी दुई कम्युनिष्ट घटकका स्यालहुँयामा गिरिजाप्रसाद कोइरालाले माओवादीकरण गरेको नेपाली कांग्रेस पनि पिछलग्गु भएर लागेको छ ।
कम्युनिष्टहरुको उत्थान गर्नु र नेपाली कांग्रेसको पतन गर्नु एकमात्र उद्देश्य राखेको नेपाली कांंग्रेसको वर्तमान नेतृत्व कुहिरोको काग जस्तै नेपाललाई अन्तर्राष्ट्रिय जगतबाट अलगथलग बनाएर नेपाललाई सिक्किमको हैसियतमा झार्न लागि परिरहेका छन् गोरखपुरिया र नक्सली कम्युनिष्टको भरिया बन्दै ।
यसरी नेपाललाई कुटनीतिक रुपमा सबै शक्ति देशहरुसँग अलगथलग गरी सकेपछि यो देशलाई जसरी जुन रुपमा शिकार गरे पनि भने हुने वातावरण सिर्जना हुन्छ । स्थिति यस्तो खडा हुँदैछ कि जसरी सिक्किम भारतमा विलय हुँदा सिक्किमको पक्षमा विज्ञप्ती निकाली दिने एउटा पनि देश रहेन, सोही अनुरुपको परिस्थिति नेपालमा पनि सिर्जना हुँदैछ ।
भारतको नेपालमा एउटै स्वार्थ छ, नेपाली जलश्रोतको निर्वाध उपभोग । यसका लागि उसले तीनवटा रणनीति अंगीकार गरेको छ । पहिलो, हरेक दलको नेतृत्व आफ्नो कव्जामा राख्ने, दोश्रो राज्यसंयन्त्रमा आफ्ना एजेण्टहरु फिट गरेर राख्ने र तेश्रो नेपालको वैदेशिक सम्वन्ध भारत बाहेक अरु देश र संस्थाहरुसँग हुन नदिने ।
अरुण तेश्रोको खारेजी तथा अनमिन फिर्ता पठाउन नक्सली कम्युनिष्टहरुबाट भएको पहल त्यही कडीको एक उदाहरण हो । अरुण तेश्रोको खारेजीसँगै अन्तर्राष्ट्रिय वित्तीय संस्थासित नेपालको सुमधुुर सम्वन्ध स्थापना हुन सकिरहेको छैन । नेपाल एक हदसम्म अन्तर्राष्ट्रिय समूदायसँग अलगथलग गराउने अरुण तेश्रो विरोधी आन्दोलनको नेतृत्व नक्सली कम्युनिष्ट माधव नेपालमार्फत गरियो । अहिले त्यही अरुण तेश्रो भारतले निर्माण गरिरहेको छ ।
कोहलपुर बनबासा सडक खण्डमा चीनले पाएको ठेक्का तोड्न भारत सफल भयो । राजा वीरेन्द्र र चीनबीच अविश्वासको खाडल खन्ने त्यो प्रकरणपछि दरबार र चीनको सम्वन्ध कहिल्यै सुमधुर हुन सकेन । भारतले २०४६ सालमा नाकाबन्दी गर्दा चीनले तत्कालीन समयमा सहयोग नगरेका कारण कोहलपुर बनबासा सडक ठेक्कामा चीनलाई दिएको धोका प्रमुख रुपमा रहेको मान्छन् यस क्षेत्रका विज्ञहरु । २०६२।६३ को जनआन्दोलनमा चीन दरबारप्रति निस्पृह हुनुमा त्यही घटना जिम्मेवार रहेको भुक्तभोगीहरुको भनाई छ ।
बीआरआईलाई त नेपालमा लगभग बिलीन भईसकेको छ । चीनसँग कृत्रिम सीमा विवाद झिकी चीनसँगको सम्वन्ध सदाको लागि बन्द गर्ने रणनीतिक सफलताको दिशामा अघि बढीरहेको छ । यसरी नेपालको पश्चिमाहरुसँगको दौत्य सम्बन्ध पनि अन्त्य गर्ने अभियान जारी रहेको छ । यसको सफल प्रयोग नेपालमा भईरहेको छ ।
एमसीसी प्रकरणको नियति यही नै हो । गरिबका नाममा, प्रजातन्त्रका नाममा अनि देशभक्तिका नाममा नेपाली कम्युनिष्टको एउटै लक्ष्य भारतको सत्ता नेपालमा स्थापना गर्नु हो । एमसीसीमा पोखिएको नेपाली देशभक्ति त्यही फुर्मलाको एक कडी हो ।
गोरखपुरिया कम्युनिष्ट र नक्सली कम्युनिष्टहरु एक भएर एमसीसीको विरोध त्यो सम्झौता रद्द गर्दै नेपाल–अमेरिका सम्बन्ध सदाका लागि बन्द भयो भने अन्तर्राष्ट्रिय जगतमा नेपालको मित्र देश कोही पनि शेष नरहने र त्यसले भारतलाई नेपालमा सम्पूर्ण स्पेस प्राप्त हुने रणनीति अनुसार एमसीसीको विपक्षमा माहोल तयार गरिंदैछ । नक्कली सीमा विवादका कारण नेपाल चीनबीचको सम्वन्ध लभगभ अलग भईसक्यो ।
रुसको नेपाल नीति भारतको नेपाल नीतिको फोटोकपी हो । युरोपको नेपाल नीति भारतमार्फत बेलायतले निर्धारण गर्दछ । नेपाललाई आफ्नो आँखाले हेर्ने अमेरिकासँगको सम्बन्धलाई एमसीसीमार्फत समाप्त गरिसकेपछि नरहे बाँस नबजे बाँसुरी भने झैं हुने नै भयो । यसरी नेपाललाई कुटनीतिक रुपमा सबै शक्ति देशहरुसँग अलगथलग गरी सकेपछि यो देशलाई जसरी जुन रुपमा शिकार गरे पनि भने हुने वातावरण सिर्जना हुन्छ । स्थिति यस्तो खडा हुँदैछ कि जसरी सिक्किम भारतमा विलय हुँदा सिक्किमको पक्षमा विज्ञप्ती निकाली दिने एउटा पनि देश रहेन, सोही अनुरुपको परिस्थिति नेपालमा पनि सिर्जना हुँदैछ ।
सारमा भन्नुपर्दा एमसीसी नेपालको कुटनीतिक सम्वन्धलाई शक्ति मुलुकहरुसँग जोड्ने एक अन्तिम कडी थियो जो नेपालले गुमाउँदैछ ।सबैसँग नेपालको सम्बन्ध विगारी सकेपछि नेपालको सम्बन्ध उही राणाकालीन नेपालको वेलायत केन्द्रित सम्बन्ध झैं हुन्छ । एमसीसी प्रकरणको नियति यही नै हो । गरिबका नाममा, प्रजातन्त्रका नाममा अनि देशभक्तिका नाममा नेपाली कम्युनिष्टको एउटै लक्ष्य भारतको सत्ता नेपालमा स्थापना गर्नु हो । एमसीसीमा पोखिएको नेपाली देशभक्ति त्यही फुर्मलाको एक कडी हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
कृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
नेता बन्न नदिनु र सिद्धान्तलाई छाडेर भाग्नु दुवै राजनीतिका बेइमानी हुन्
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार