आज प्रेम दिवस ! ती व्यक्तिका लागि खास छ !
कुसुम सेञ्चुरी
फागुन २, २०७८ सोमबार १८:२१:४९
२ फागुन, काठमाडौं । चिसो मौसमले अझै साथ छोडी नसक्दा फेब्रुअरी महिनाको यो न्यानो दिन आज धेरै प्रेमिल जोडीहरु उत्साहित भइरहेका छन् । किनकी आज प्रेम दिवस हाे अर्थात भ्यालेन्टाइन डे ।
माया नै मायाले भरिएको यो प्रेम दिवस आफैमा एक महत्वपूर्ण छ । प्रेम मनदेखि मनसम्म हुने गर्छ । प्रेम बिनाको मान्छे सायद नहाेला नै ।आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, अझ कुरा गर्ने हो भने आजको दिन जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट रूपमा माया गरेको भएपनि ती व्यक्तिका लागि पनि आजको दिन आफ्नो प्रेम प्रस्ताव राख्न अत्यन्त र बिशेष खास दिन हुन्छ ।
जसलाई कसैले मनदेखि माया गरेको छ । जो बिना उ कल्पनासम्म पनि गर्न सक्दैन, हो त्यही व्यक्तिका लागि आजको दिन विशेष छ ।भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ‘प्रेम दिवस’ प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ भने एकअर्कालाई जसले मनैदेखि मनसम्म माया गरेको छ, त्यसका लागि पनि आजको दिन विशेष रूपमा चित्रित गरिन्छ ।
पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन पनि हो । प्रेम हाँसो र आँसुसँग खेल्छ । जीवनका सबैथोक प्रेमको अङ्गालोभित्र आउँछन् । जीवनका प्रत्येक कदमसँगै सबै क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई हामी सबैले जान्नु र अध्ययन गर्ने गर्नुपर्छ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन् ।
कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ । प्रेमील जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो।
भ्यालेन्टाइन डेलाई जसरी उल्लासपूर्ण मनाउने गरिए पनि यसको महत्त्वबारे पछिल्लो पीढी कम जानकार छन् । हजारौँं वर्षअघि रोमनका राजा क्लोडियसले आफ्नो सन्देशमा कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए । सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको अलग–अगल विचार ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा चल्थ्याे । राजाज्ञाको उर्दी अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए । फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो ।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा नै भ्यालेन्टाइन दिवस मनाउने मुख्य आधार हो । उनले राजाकाे उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरितमात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गरेका थिए । त्यो दिन नै भ्यालेन्टाइन दिवसका रूपमा संसारभर विख्यात भयो।
पश्चिमेली सभ्यताको यो चाड विस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । यो दिनलाई युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाले पश्चिमेली सभ्यता र फेशन स्वीकार गरेका छन् । त्यसैगरी मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहजरूपमा स्वीकार गरेका छन् । पश्चिमेली संस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् ।
आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो । यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड बनाउने दिन हो भन्ने युवाहरूको जमात ठूलै छ। त्यसैले आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि यही सोच्छन् र उनीहरू प्रेमका लागि जीवन नै त्याग गर्न पछि पर्दैनन् । जीवनका गोरेटाहरूमा अंकुशभन्दा खुशी, माया र स्वतन्त्रता चाहेका हुन्छन्।
टाढा हुनुहुन्छ भने तपाईंलाई कुनै न कुनै माध्यमबाट आफूले माया गर्ने मान्छेलाई उपहार पठाउने सोचले सताएको हुनसक्छ, भेट्न नसकेपनि गिफ्ट पठाएर आफ्नो माया व्यक्त गरे भ्यालेन्टाइनको विशेष अवसर फिक्का नजाला ।
समयको परिवर्तनसँगै भ्यालेन्टाइन दिवस मनाउने प्रचलन पनि भिन्नाभिन्नै छ । पहिला प्रेमी-प्रेमिका आ–आफ्ना भाव प्रेमपत्रद्वारा व्यक्त गर्थे भने पछि गुलाफ र फूलका गुच्छाको चलन आएको हाे । कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ । प्रेमील जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो।
भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उपहार दिंदा पनि हुन्छ, चोखो मनले दिएको जुनसुकै उपहार विशेष हुन्छ।
तर, अहिलेको व्यस्त जीवनशैलीको कारणले धेरै प्रेमिल जोडीहरुले आफ्नो प्रेम एक अर्कासँग व्यक्त गर्न सकिरहेका हुँदैनन्। यसरी व्यक्त गर्न नसक्दा प्रेम कम भएको आभाष हुनसक्छ । यस्तो समयमा बढ्दै गरेको दूरीलाई यो भ्यालेन्टाइनमा एउटा आकर्षक गिफ्टले मेट्ने प्रयास गर्नुहोस् । त्यसैले आफ्नो प्रियजनको साथमा भइरहने कुनै सामग्रीलाई उपहार दिने कुरालाई प्राथमिकतामा राख्नु उपयुक्त हुनसक्छ।
“भ्यालेन्टाइन डे”मा प्रेमी प्रेमिकाले सबैभन्दा धेरै रातो गुलाफ आदानप्रदान गर्ने गर्छन् । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । त्यसैकारण, गिफ्ट जे दिएपनि त्यो गिफ्टसँग अनिवार्य एउटा रातो गुलाफ दिनु उचित रहन्छ । टाढा हुनुहुन्छ भने तपाईंलाई कुनै न कुनै माध्यमबाट आफूले माया गर्ने मान्छेलाई उपहार पठाउने सोचले सताएको हुनसक्छ, भेट्न नसकेपनि गिफ्ट पठाएर आफ्नो माया व्यक्त गरे भ्यालेन्टाइनको विशेष अवसर फिक्का नजाला ।
हुन त भ्यालेन्टाइनलाई प्रेमीप्रेमिकाको दिवसको रुपमा मात्र हेर्न जरुरी छैन । यो मायाको दिवस हो, माया आफ्नो आमा, बुवा, दिदीबहिनी या दाजुभाइसँग पनि हुनसक्छ । तसर्थ, भ्यालेन्टाइन विशेष उपहार आफ्नो प्रिय मानिसलाई पठाउँदै एक कल फोन गरेर मिठो कुराकानी गरी समेत यो भ्यालेन्टाइनलाई विशेष बनाउन सक्नुहुनेछ।
यदि तपाईं विदेशमा बस्नुहुन्छ र नेपालमा बस्ने आफ्नो प्रियजनलाई अप्रत्याशित आश्चर्य उपहारहरू पठाउन चाहनुहुन्छ भने विभिन्न अनलाइन माध्याममार्फत आकर्षक छुटमा केही आकर्षक गिफ्टहरु पठाउन सक्नुहुनेछ ।
तपाईलाई आजको विशेष अनि खासको दिनको शुभकामना । माया गर्ने ती जोडीलाई शुभकामना, नयाँ प्रेम प्रस्ताव राख्ने नयाँ प्रेमिल जोडीलाई पनि शुभकामना र आफू टाढा भए पनि मनदेखि आफ्नो मायालाई ख्याल अनि धेरै सम्झिने मायालु मुटुलाई पनि धेरै माया तथा प्रेम दिवसको शुभकामना ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार