कानुन व्यवसायीबाट फुटबल मालिक
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार २२:४३:५७
रमेश सुवेदी
२ फागुन, काठमाडौं । सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर, अब उनको परिचय यतिमा मात्रै सिमित छैन । सुहाङ फुटबल टिम (क्लब) का मालिक पनि बनेका छन् । फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करणमा सुहाङले नेपाली फुटबलको उर्बर भूमि पूर्वबाट ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल टोली निर्माण गरेका छन् ।
इलामवासी सुहाङ एक त पूर्वमा देखिएको फुटबल क्रेज र पछिल्लो समय नेपालमै देखिएको फुटबलको लगानी अनुसारको प्रतिफलका कारण यस क्षेत्रबाट प्रभावित भएका हुन् । सोही कारण विकासमा जोड दिँदै युवालाई खेलकुदमै रोजगारी शृजना गर्ने सुहाङको योजना छ ।
३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो । उनका बुबा ९सुवासचन्द्र नेम्वाङ० प्रतिनिधि सभाका पूर्व सभामुख हुन् भने हाल नेकपा एमालेका उपाध्यक्ष । पूर्व सभामुख सुवासचन्द्रका दुई छोरा र दुई छोरीमध्ये सुहाङ कान्छा छोरा हुन् ।
स्पोर्टिङ इलाम डि मेचीसँगै नेपाल सुपर लिग ९एनएसएल० मा थप तीन नयाँ टोली थपिएका छन् । चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा अब १० टोलीले सहभागीता जनाउने छन् । पहिलो संस्करण कोरोना महामारीबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाविना दर्शक खेलाइएको थियो । दोस्रो संस्करण भने आगामी २६ चैतबाट सुरु हुँदैछ ।
आयोजकले खेलको पहिलो चरण पोखरा रंगशाला र दोस्रो चरण काठमाडौंस्थित दशरथ रंगशालामा गराउने तयारी गरेको छ । ‘स्पोर्टिङ इलाम डि मेची’ मा सुहाङ एक्लै त हैनन् उनले आफूजस्तै फुटबललाई माया गर्ने डक्टर, इन्जिनियर र केही व्यवसायीक घरानाका साथीहरूलाई टोलीमा समेटेका छन् । तर ‘फ्रन्ट लाइन’ मा भने आफू नै उभिएका छन् । टोलीमा सबैको चाहना फुटबलबाट प्रदेश १ लाई अझै चिनाउने र त्यहाँ रहेको युवा क्रेजलाई फुटबलमा रुपान्तरण गर्नु रहनेछ । ‘नेपाल सुपर लिग अघिल्लो वर्षबाट आएको हो ।
यसले जुन तरिकाले एउटा माहोल शृजना गरेको छ । त्यसले मलाई आकर्षित गर्यो ।’ सुहाङले न्युज कारखानासँग भने, ‘प्रदेश १ का युवालाई अगाडि सार्नु पर्छ भन्ने मेरो सोच हो । हामीले फुटबलमा जुन तरिकाको ‘क्रेज’ देखेका छौं । त्यो कारण पनि यहाँ आए ।’ इलामसँगै अब प्रदेश १ बाट सुपर लिगमा सहभागीता जनाउने तीन टोली भएका छन् । पहिलो संस्करणमा विराटनगर सिटी एफसीले प्रदेश १ को प्रतिनिधित्व जनाउँदा यसपटक अर्को टोली झापा एफसी समेत रहनेछ ।
तीन टोलीको सहभागीतासँगै पूर्वमा फुटबल समर्थकनै बाँडिने र क्रेज धेरै नरहने बताइरहँदा सुहाङ भने टोली संख्या थप हुँदा युवाहरूमा फुटबलको माहोल अझै बढ्ने र झनै फुटबलमय हुने तर्क गर्छन् । ‘अब हामी प्रदेश १ मा हुने हरेक क्रियाकलापमा आबद्ध भएर कार्यक्रम गर्नेछौं । हामी युवा विकाससँगै एकेडेमी बनाउने सोचमा छौं । हामी यसलाई निरन्तरता पनि दिन चाहन्छौँ । यो भनेको प्रदेश १ लाई मात्रै नभइ पूरा देशलाईनै फाइदाको कुरा हो । सुरुआत कहाँबाट गर्नेभन्दा आफ्नो ठाउँ भन्ने सबैको चाहना हुन्छ । हामीले प्रतिस्पर्धा र विकासको हिसाबले प्रदेश १ ले चाडो फड्को हान्ने छ भन्ने बुझ्नुपर्छ ।’ सुहाङ भन्छन् ।
टिम स्थापनासँगै सुहाङ टोली तयार पार्न र आगामी दिनमा क्लबलाई कुन बाटोमा लैजाने भन्ने योजना बनाउन लागेका छन् । अब, सुहाङ कानुन व्यवसायीसँगै फुटबल क्लबका मालिकका रुपमा चिनिने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार