सकियो नेपाल लाइफको “ब्लु चिप” लेगासी ! कसरी पुग्यो इतिहासकै कमजोर अवस्थामा ?
आर्थिक संवाददाता
फागुन १७, २०७८ मंगलबार १४:३९:११
३ फागुन, काठमाडाैं । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड अहिले आफ्नो इतिहासकै कमजोर अवस्थामा हिडिरहेको छ। कुनै समय १२६ प्रतिशतसम्म लाभांश दिएको कम्पनीको अहिले आएर १४ प्रतिशत लाभांशमा लगानीकर्ताहरु सीमित हुनुपर्ने अवस्था आएको छ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा छ जुन एकदमै न्यून हो । ४०-५० प्रतिशत लाभांशको आशा गरेर बसेर लगानीकर्तालाई कम्पनीको आर्थिक वर्ष ०७६/७७ को लाभांशले जिल्लराम बनाएको छ ।
इतिहास कै कमजोर लाभांश दिने कम्पनीकाे वर्तमान संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई छन भने अन्य संचालकमा रामअवतार अग्रवाल, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल र पारुल ढकाल छन् ।
हालै मात्र कम्पनीले प्रवीणरमण पराजुलीलाई सिनियर नायव कार्यकारी प्रमुखको रुपमा भित्र्याएको छ, तर दाेस्राे वरियतामा । ६ महिनापछि उनलाई नै सीईओ बनाउने सञ्चालक समितिको तयारी त छ तर उनी कति टिक्छन् भन्ने कुरा पनि नेपालको बीमा बजारमा चर्चा परिचर्चा हुन थालिसकेको छ । त्यस्तै सुशीलकुमार चौधरी नायव कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्, उनी कम्पनीकाे पहिलाे वरियतामा छन् ।
कम्पनी श्रोत र अभिकर्ताका अनुसार प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन बीच खासै तालमेल मिलेको छैन । फलस्वरुप केन्द्रीय कार्यालयमा काम गर्ने धेरै कर्मचारीहरु कम्पनी नै छोड्ने अवस्थामा पुगेका छन्। अन्य बीमा कम्पनीले नेपाल लाइफका कर्मचारी तान्ने रणनीति बनाउने हो भने निकै धेरै कर्मचारी नेपाल लाइफबाट बाहिरिने पक्का छ ।
आर्थिक वर्ष ७६/७७ को लाभांशमा नेपाल लाइफ ५ नम्बरमा :
आर्थिक वर्ष ०७६/७७ को लाभांश घोषणा गरेर बसेका कम्पनी मध्ये नेपाल लाइफ ५ नम्बरमा आउछ । एशियन लाईफले सर्वाधिक २७ प्रतिशत लाभांश घोषणा गर्दा एलआईसी नेपालले २१ प्रतिशत लाभांश घोषणा गरेको अवस्था छ।
आर्थिक वर्ष ०७६/७७ को लाभाश घोषणा गरेका जीवन बीमा कम्पनीहरु :
जीवन बीमा कम्पनी लाभांश
१. एशियन लाइफ २७ प्रतिशत
२. एलआईसी नेपाल २१.०५ प्रतिशत
३. नेशनल लाइफ २० प्रतिशत
४. प्राइम लाइफ १५.८७ प्रतिशत
५. नेपाल लाइफ १४. ७३ प्रतिशत
लाभांश मात्र नभएर कम्पनीको वित्तीय अवस्था पनि दिन प्रतिदिन नाजुक अवस्थामा पुगेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीको खुद मुनाफामा पहिरो गएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ४२ करोड मुनाफा कमाएकोमा चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले १३ करोड मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
यसरी खुद मुनाफामा करिब ७० प्रतिशतको गिरावट आएको छ । आम्दानीमा २३ प्रतिशतमा गिरावट आएको छ तर खर्च भने १०१ प्रतिशतले वृद्धि भएको कारणले गर्दा मुनाफामा असर परेको देखिन्छ । आम्दानी ५८ करोडबाट घटेर ४५ करोड पुगेको छ भने खर्च १५ करोडबाट वृद्धि भएर ३२ करोड पुगेको छ।
व्यवसाय विस्तार रोकियो :
अभिकर्ता रुष्ट भइ आन्दाेलन चलिरहेकाे, असफल उच्च व्यस्थापनको कारणले गर्दा कम्पनीको व्यापार विस्तारै रोकिएको छ । अघिल्लो पुष मसान्तसम्म कम्पनीले १७ अर्ब खुद बीमा शुल्क आर्जन गरेकोमा २०७८ पुषसम्म १८ अर्ब ११ करोड मात्र खुद बीमा शुल्क आर्जन गरेको छ । यसरी यो अवधिमा खुद बीमा शुल्क आर्जन रकममा जम्मा ५.९८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय नेपाल लाइफलाई टक्कर दिन आएको नेशनल लाईफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन भने २४ प्रतिशतले वृद्धि भएको छ । यसरी बीमा शुल्क आर्जनमा ब्रेक लागेको छ।
त्यस्तै अभिकर्तासँग उच्च व्यवस्थापनको राम्रो सम्बन्ध स्थापना हुन नसक्नुले पनि यस कम्पनी विवादमा आउन थाल्यो । केही संचारमाध्यमलाई आधार मान्दा नेपाल लाइफका अभिकर्ताहरुले संगठित रुपमा अवरोध गर्दै आएका छन् भने मोफसलको कुनै कार्यक्रममा उच्च व्यवस्थापनलाई अभिकर्ताले थुनेर राखेको जस्ता समाचार पनि संचारमाध्यममा आएका थिए । अभिकर्ता सँग राम्रो सम्बन्धको अभावले गर्दा नेपाल लाइफको बीमा शुल्क वृद्धिदरमा ब्रेक लागेको हाे ।
बीमा गर्न मात्र प्रेरित गर्ने तर दावी भुक्तानी समयमा नगर्ने कारणले गर्दा नेपाल लाइफको व्यवसाय रोकिनुकाे अर्को कारण रहेको छ। नेपाल लाइफको बीमा व्यवसायमा ब्रेक लाग्ने अर्को कारण भनेको भुक्तानी हुन बाँकी दावी रकम पनि हो । यो तथ्यांक हेर्दा ग्राहकहरु कम्पनीले बीमा दावी भुक्तानी देलाकी नदेला भनेर ढुक्क हुन् नसक्दा नेपाल लाइफमा बीमा नै गरिहालौ भन्ने अवस्थामा छैनन् ।
कम्पनीको दावी भुक्तानी शीर्षक भने डरलाग्दो छ । उपलब्ध तथ्याङ्क अनुसार भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ८७ करोड माथि छ । २०७७ पुष मसान्तसम्म १ अर्ब २९ करोडले भुक्तानी हुन बाँकी दावी रकम थियो । भुक्तानी हुन बाँकी दावी रकम एक वर्षको अवधिमा ४४ प्रतिशतले वृद्धि भएको छ । भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्था अन्तर्गत अवधि समाप्ति , आंशिक अवधि समाप्ति दावी र मृत्यु दावी पर्दछ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै
पुष २८, २०८१ आइतबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार