बेला मोटर्सको ठगीः प्रतिलिटर ३५ किमी कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !
नेपालबहस संवाददाता
फागुन ८, २०७८ आइतबार २३:३२:५३
८ फागुन झापा। बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चहान्छन्। तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन। स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए।
गाउँमा सामान ओसारपसारका लागि सानो सवारी किन्न पाए राम्रै कमाई हुने उनको बुझाइ थियो। गत फागुनमा बेला मोटर्सको ३ चक्के पेट्रोल इञ्जिन भएको मालबाहक गाडी हेरे। गाडीको दाम थिय -६ लाख ४२ हजार रुपैयाँ। फाइनाइन्स गरेर पनि उनले सवारी पाउने भएपछि तीन लाख ५० हजार रुपैँया बिर्तामोडको आरती-बुद्धमा नगद बुझाए। बाँकी सहकारीबाट फाइनाइन्स गरे।
गाउँमा काठ, सिमेन्ट, धानपराललगायतका वस्तु ढुवानी गरेर राम्रो आम्दानी गर्न सक्ने सपना थियो, उनको। ‘विदेश जानुनपरोस्, नेपालमै केही गर्न पाइयोस् भन्ने थियो,’ उनले भने, ‘सबैभन्दा उपयुक्त यही सवारी हुने देखेर किनेँ।’
गाडीमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने भनेर विज्ञापन गरिएको थियो। उनलाई निकै किफायती लाग्यो तर, विज्ञापन ३५ किलोमिटरको भए पनि गाडी ६ देखि १० किलोमिटर मात्र माइलेज दिएको उनको गुनासो छ। ‘माइलेज मात्र हैन गुड्दागुड्दै इन्जिन तातिन्थ्यो। बीच सडकमै बेलाबेला इन्जिन बन्द नै हुन्थ्यो,’ उनी भन्छन्, ‘समस्याले त हैरान बनायो। समस्या कति कति।’
गाडीले हैरानी दिएपछि उनले तीन महिनामै गाडी फिर्ता गरे। ‘कमाईको साटो उल्टो खर्च हुने देखियो। त्यसैले फिर्ता गरेँ,’ उनी भन्छन्। कन्काई ३ का वेदप्रकाश जैनले पनि यही गाडी किनेका थिए। विज्ञापनमा ३५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भनेपछि उनी हौसिएका थिए। सवारी चालक राखेर सामान ओसारपसार गर्न सुरु गरे। ‘तर, गाडीले तेल हैन पानी खाएजस्तो लाग्यो,’ उनी भन्छन्, ‘एक महिनामा चार जना ड्राइभर नै फेरेँ। ३५ किलोमिटर माइलेज दिन्छ भनेर किनेको, तर चालकले १० किलोमिटरभन्दा माइलेज दिएन भनेपछि चालकले तेल चोरी गरेको जस्तो पो लाग्यो ।’ मजदुरी गर्दै आएका जैनले १२ धुर जग्गा धितो राखेर गाडी किने थिए।
बेला मोटर्स प्रा.लिको आधिकारिक विक्रेता आरती बुद्ध अटोमोबाइल्स प्रालिबाट ३ चक्के चारवटा मालबाहक सवारी विक्री भएको थियो। तर, चारवटैमा समस्या आएको आरती बुद्ध टीका ओडारीले जानकारी दिए। गाडीमा भएको समस्याबारे जानकारी गराउँदा पनि बेवास्ता गरेको बताए। आफूले ग्राहकको पैसा फिर्ता दिएको उनले बताए। ‘मजदुरी गर्नेले गाडी खरिद गर्नुभएको थियो। ऋण लिएर खपरिद गर्नुभएको थियो । क्यास दिएको पैसा फिर्ता दिएँ । किस्ताको जिम्मेवारी पनि मैले लिएको छ,’ उनले भने, ‘करिब २६ लाखको भार मैले लिएँ। कम्पनीलाई जानकारी गराउँदै सधैँ बेवास्ता गर्छ । म दोहोरो मर्कामा परेँ।’
१९ मंसिर २०७८ मा बेला मोटर्सका बजार प्रतिनिधि निर्मल पाण्डे आएका थिए । उनले गाडी खरिदकर्ता आरती बुद्धका ओडारीसँग समस्या समाधान गर्ने लिखित कागज गरे। इलाका प्रहरी कार्यालय अनारमनीमा यो सम्झौता भएको थियो । त्योबेला एक हप्ताभित्र समस्या समाधान गर्ने सहमति भएको थियो। तर, अहिले भने प्रहरी प्रशासनमा जान धम्की दिँदै आएको ओडारीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद
बैशाख २५, २०८१ मंगलबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार